१६ चैत्र २०८० शुक्रबार
समाज

निर्वाचनविरोधी गतिविधि गर्ने सीके राउतका कार्यकर्तासहित ६ जना पक्राउ

झापा- निर्वाचनविरोधी गतिविधिमा संलग्न छ जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपाका पाँच र डा सिके राउतको पर्चा बाँड्दै हिँड्ने एक जना छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेकपाका मेची ब्युरो इन्चार्ज सुमन लिम्बू र सदस्य डिल्लीकुमार मैनाली, झापा जिल्ला इन्चार्ज उमेश अधिकारी, सेक्रेटरी तारा थापा र ‘जनसरकार’ प्रमुख सुमनसिंह पौडेल तथा गौरीगन्ज-३ निवासी ४५ वर्षीया कैशीला महतो छिन्।

उनीहरुलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए।

प्रकाशित: १४ असार २०७४ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App