२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

हिमाल आरोहणमा थपिँदै कीर्तिमान

पछिल्लो समय हिमाल आरोहणमा नयाँ कीर्तिमान थपिने क्रम जारी छ। अहिले नेपालमा हिमाल अरोहणका लागि उपयुक्त समय नभए पनि पाकिस्तानका हिमाल आरोहणका लागि भने उपयुक्त समय हो। त्यसैले पनि नेपाललगायत विश्वभरका आरोहीले अहिले पाकिस्तानस्थित हिमाल आरोहण गरेर कीर्तिमान कायम गरिरहेका छन्।

यसै क्रममा बिहीबार मात्रै तीन नेपालीले नयाँ कीर्तिमान कायम गरे। नयाँ कीर्तिमान पाकिस्तानको केटु हिमाल आरोहणपछि कायम भएका हुन्। नर्वेका क्रिस्टिन हारिला र नेपालका तेन्जेन शेर्पाले आरोहणमा नयाँ विश्व कीर्तिमान राखेका छन्। हारिला र शेर्पाले केटु हिमालको चुचुरोमा पाइला राखेसँगै ८ हजार मिटरमाथिका १४ हिमाल सबैभन्दा कम समयमा आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।

क्रिस्टिन र तेन्जेनले सेभेन समिट ट्रेकबाट आरोहण गरेका हुन्। नेपालका तेन्जेनले नर्वेका क्रिस्टिनलाई सबै १४ हिमाल आरोहणका लागि गाइड गरेका थिए। एजेन्सीका अनुसार उनीहरूले गत बिहीबार बिहान ११ः३० मा केटुको चुचुरोमा पाइला टेकेका थिए। उनीहरूले १४ वटा हिमाल आरोहण ३ महिना १ दिन अर्थात् जम्मा ९१ दिनमा पूरा गरेका थिए। २०२३ को अप्रिल २६ देखि आरोहण सुरु गरेका उनीहरूले २७ जुलाईसम्म लगातर आरोहण गरेका थिए।

क्रिस्टिनले लगभग ५ महिनामा १४ हिमाल आराहण गर्ने लक्ष्य राखेका थिए। उनले सोभन्दा कम समयमा सक्ने भनेर कम्पनीले सोहीअनुसार तयारी र प्रोत्साहन गरेपछि क्रिस्टिन र तेन्जेनले ३ महिना १ दिनमै ८ हजार मिटरमाथिका सबै १४ हिमाल आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।

क्रिस्टिन र तेन्जेनले सेभेन समिट ट्रेकबाट आरोहण गरेका हुन्। नेपालका तेन्जेनले नर्वेका क्रिस्टिनलाई सबै १४ हिमाल आरोहणका लागि गाइड गरेका थिए। एजेन्सीका अनुसार उनीहरूले गत बिहीबार बिहान ११ः३० मा केटुको चुचुरोमा पाइला टेकेका थिए।

बिहीबारै निमा रेन्जी शेर्पाले पनि केटु हिमाल आरोहण गर्दै अर्को नयाँ विश्व कीर्तिमान राखेका छन्। निमा रेन्जीले सबैभन्दा सानो उमेरमा केटु हिमालको शिखर टेकेर नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।

कक्षा १२ मा पढ्दै गरेका उनी १७ वर्ष मात्र पुगेका छन्। उनी फोर्टिन पिक्स एक्स्पिडिसनबाट आरोहण गरेका हुन्। निमा रिन्जीले केटु हिमालको कीर्तिमानबाहेक थप दुई कीर्तिमान राखेको फोर्टिन पिक्स एक्स्पिडिसनका सञ्चालक टासी लाक्पा शेर्पाले बताए।

सञ्चालक शेर्पाका अनुसार निमा रिन्जीले पाकिस्तानस्थित ८ हजारमाथिका पाँचवटै हिमाल कम उमेरमै सफल आरोहण गरी अर्को कीर्तिमान बनाएका छन्। निमाले पासाङ नोर्बु शेर्पासँगै पाकिस्तानका ८ हजार मिटरमाथिका पाँच हिमाल आरोहण गरेका हुन्।

यस्तै उनले गासेरब्रम पहिलो र दोस्रो हिमाल २५ घण्टामा आरोहण गरेको थप नयाँ रेकर्ड राखेको सञ्चालक शेर्पाले बताए। निमा रेन्जीले २०२३ जुन २६ देखि जुलाई २७ सम्म पाकिस्तानस्थित ५ वटा हिमाल आरोहण गरेका हुन्। उनले जुन २६ मा नांगा पर्वत, जुलाई १८ मा गासेरब्रुम प्रथम र जुलाई १९ मा गासेरब्रुम दोस्रो हिमालको शिखर टेकेका हुन्।

यस्तै उनले जुलाई २३ मा ब्रोड पिक र जुलाई २७ मा केटु हिमालको सफल आरोहण गरे। उनले यसअघि २०२२ अगस्ट ३० मा मनास्लु हिमाल आरोहण गरेका थिए। यस्तै २०२३ मे २४ मा सगरमाथा र त्यसको एक दिनपछि मे २५ मा ल्होत्से हिमालको सफल आरोहण गरिसकेका छन्।

मिङ्मा डेबिड शेर्पाले बिहीबारै हिमाल आरोहणमा अर्को नयाँ विश्व कीर्तिमान राखेका छन्। विश्व कीर्तिमानी पर्वतारोही तथा गाइड मिङ्माले छैटौं पटक केटु हिमाल सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन्।

सञ्चालक शेर्पाका अनुसार निमा रिन्जीले पाकिस्तानस्थित ८ हजारमाथिका पाँचवटै हिमाल कम उमेरमै सफल आरोहण गरी अर्को कीर्तिमान बनाएका छन्। निमाले पासाङ नोर्बु शेर्पासँगै पाकिस्तानका ८ हजार मिटरमाथिका पाँच हिमाल आरोहण गरेका हुन्।

एलिट एक्सपिडिसनबाट आरोहण गरेका शेर्पाले पाकिस्तानी समयअनुसार बिहीबार बिहान ११ः५० मा विश्वको दोस्रो अग्लो हिमाल केटुको चुचुरो टेकेका थिए।  उनले यसअघि केटु हिमाल पाँचौं पटक सफल आरोहण गरेर कीर्तिमान कायम गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाएका थिए।

यस्तै उनी केटु विन्टर एक्सपिडिसन र सबैभन्दा छिटो सगरमाथा र केटु हिमालको शिखरमा पुग्ने पर्वातरोही हुन्। साथै उनी ८ हजार मिटरमाथिका सबै १४ हिमाल कम उमेरमै आरोहण गर्ने कीर्तिमानी आरोहीसमेत हुन्।

प्रकाशित: १३ श्रावण २०८० ००:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App