५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा

एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम नमानेका २५ हजार आठ सय ५२ सवारी साधनलाई कारबाही गरिएको हो। सबै भन्दा बढी १३ हजार १३७ ट्रकलाई कारबाही गरिएको हो। यस्तै दोस्रोमा जिप र कार गरी ४ हजार ९५४ र त्यति नै संख्यामा मोटरसाईकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए। 

बस १ हजार ५८६, ट्याक्टर १ हजार १६०,  टेम्पु १६१ कारबाहीमा परेका हुन। सो कारबाहीबाट जिल्ला ट्राफिक कार्यालयमा एक वर्षमा १ करोड ७७ लाख ११ हजार राजस्व संकलन भएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। गत आबमा कुल १ सय ९ सवारी दुर्घटना भएको जसमा ५५ जनाले ज्यान गुमाएका छन। सबै भन्दा बढी मोटरसाइकल ७७ वटा दुर्घटना भएको थियो। जसमा २५ जनाको ज्यान गएको थियो। बस र ट्रक गरी ३६ वटा दुर्घटना भएकोमा ६ जनाको ज्यान गएको थियो। मादक पदार्थ सेवन गरी सवारी चलाएका ६ सय २८ सवारीलाई कारबाही गरिएको थियो।

जसमा मोटरसाइकल ३ सय ७६ मोटरसाइकल र टेम्पु र ट्याक्टर ३८ वटालाई कारबाही गरी मापसेबाट कुल ६ लाख २८ हजार राजस्व संकलन भएको थियो। सवारी चालक यात्रुहरूसँग अन्तरक्रिया गरी ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक अभियान र ट्राफिक नियममा कडाई गरिए पछि जिल्लामा दुर्घटनाको संख्यामा समेत कमी आएको तिमिल्सिनाले बताए। उनले अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा २७ दशमलव २५ प्रतिशतले कमी भएको बताए।  मृत्यु दर ७ दशमलव ७० प्रतिशत र  घाइते –३० दशमलव ०३ प्रतिशतले कमी भएको उनले बताए। आर्थिक वर्ष २०७९।०८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा १८ दशमलव ८२ प्रतिशतले राजश्वमा समेत कमी आएको  छ।

 क्षमता भन्दा बढी यात्रु र सामान बोक्ने, तीव्र गतिमा गुड्ने तथा मादक पदार्थ सेवन गरेर नियम उल्लङ्घन गर्नेहरू दुर्घटनामा पर्ने गरेको पाइएको छ। ‘ ट्राफिक नियम पालना नगर्दा नै अधिकांश सवारी दुर्घटना भएका छन ’ तिमिल्सिनाले भने। सवारी नियम, दुर्घटनाको कारण र सडकको अवस्था अनुसार चलाउन ट्राफिक प्रहरीले पटक पटक सचेतना कार्यक्रम संचालन गदै आएको छ। तर पनि पनि चालक र सहचालकको लापरबाहीका कारण दुर्घटना भएर अकालमा ज्यान गुमाउनेदेखि घाइते र अङ्गभङ्ग हुनेसम्मका समस्या आई पर्ने गरेको उनले बताए। उनले सवारी सधानको संख्या बढ्दै गए पनि सडकको बिस्तार नगरिँदा पनि दुर्घटना भएको बताए। सवारी सधानको संख्यामा वृद्धि भएपछि वर्षेनी दुर्घटना हुने क्रम पनि बढेको उनी बताउँछन्। 

दुर्घटनाको मुख्य कारण भने ट्राफिक नियम पालना नगर्नु, विना सवारी अनुमति पत्र (लाइसेन्स) सवारी चलाउनु, सहचालकलाई सवारी चलाउन दिनु तथा सडकको दुरावस्था पनि उत्तिकै जिम्मेवार रहेको प्रहरी तिमिल्सिनाले बताए। ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। ‘

 जरिवाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लङ्घन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौ ’ तिमिल्सिनाले भने , उनले भने। गत आवमा कार्यालयले १ हजार २ सय ९५ वटा सचेतनामुकल कार्यक्रम सञ्चालन गरेको थियो। त्यसबाट सवारी चालक, यात्रु र विद्यार्थी गरी ५८ हजारभन्दा लाभान्वित भएका थिए।

प्रकाशित: १२ श्रावण २०८० ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App