१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

कालिकोटमा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते

कालिकोटको पलाँता गाउँपालिका-२ मा मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

बिहीबार थिर्पुदेखि बालुवा लिएर राडुनेटातर्फ जाँदै गरेको क.प्र.००१ क ०१६२ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार ट्रकमा सवार ११ जना घाइते भएका छन्। घाइते हुनेहरुमा पलाँता गाउँपालिकाका स्थानीय पलाँता जिबिका न्यौपाने, मैना दमाई, झुप्री बम, ललिता विश्वकर्मा, अमुना रोकाया, अमनकला कामी,चन्दा प्याकुरेल, नेना दमाई,  कमला प्याकुरेल,  ज्ञानेन्द्र दमाई, अम्बिका प्याकुरेल रहेका छन्। 

घाइते सबै वडा नम्बर २ का निवासी हुन्। उनीहरूको पलाँता अस्पताल थिर्पुमा उपचार भइरहेको प्रहरी जनाएको छ।

प्रहरीका अनुसार ट्रकका चालक फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको छ।

प्रकाशित: ११ श्रावण २०८० १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App