१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भारतबाट मजदुर ल्याएर कपिलवस्तुमा गरियाे रोपाई

कपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर ३ बसन्तपुरका कृषक रमेश मिश्राले भारतको बिहारबाट ल्याएका मजदुरहरुले खेतमा रोपाई गर्दै ।

पर्याप्त बर्षा नभएर कृषकहरु छट्पटिएका छन्। पम्पसेटले पानी नहर कुलो पोखरीबाट पानी तानेर धान रोप्नका लागि कृषकहरुले खेतमा जोताई गरेर ठिक्क पारेका छन्। धान रोपाईका लागि ब्याडमा बीउ तयार छ। खेत जोतेर रोपाईको प्रतिक्षामा रहेका कृषकहरु रोपाईका लागि मजदुर नपाएर हैरान छन्। मजदुरको अभाव भएपछि जिल्लामा रोपाई प्रभावित भएको छ।

मजदुरहरुको अभाव भए पछि कपिलवस्तुमा धान रोपाईका लागि भारतको विहारबाट समेत मजदुरहरु ल्याईने गरिएका छन्। जिल्लामा मजदुरको अभाव भए पछि भारतको बिहार, उत्तरप्रदेश, छिमेकी जिल्ला दाङ लगायतका स्थानबाट रोपाहाहरु ल्याईने गरिएको कृषकहरु बताउछन्।

भारतबाट१५ जना खेताला ल्याएर आफ्नो ३० बिघा खेतमा रोपाई शुरु गरेका कपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर ३  बसन्तपरूका रमेश मिश्रा भन्छन्, 'अहिले हुलका हुल खेतालाहरु जिल्ला बाहिरबाट रोपाहार आउने गरेका छन्।' धान रोप्न तयारी गरे पनि मजदुर अभावले काम रोपाई रोकिएकोले त्यहाबाट रोपाहार ल्याएको बताए।

‘एक त रोपाहा नपाईने, पाए पनि बढी ज्याला माग्ने त्यसैले जिल्ला बाहिरबाट रोपाहा ल्याउन परेको हो’ मिश्राले भने। ६ सयदेखि ७ सय दैनिक ज्याला, दुई टाईम खाना र नास्ता, बस्ने सुबिधा दिए पछि मात्र जिल्लाका मजदुरहरुले काम गर्न मान्ने गरेकोले भारतबाट मजदुर मगाउनु परेको उनले बताए। उनले दैनिक ३ सय भारुमा भारतबाट रोपाहार मगाएका थिए।  

यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनी मैनीहवा गाउका शिवप्रसाद कुर्मीले मजदुर अभाव भएपछि बिहारबाट रोपाहार ल्याएको बताए। ‘जिल्लामा मजदुर नपाए पछि भारतबाट रोपाहा खोजेर धानको रोपाई गरेको हु’ उनले भने ।

मजदुर अभाव भए पछि मिश्रा र कुर्मी जस्तै धेरै कृषकहरु मर्कामा परेका छन्। जिल्लामा रोपाहाको अभावका कारण समेत यहाँको रोपाई समेत प्रभाभित भएको छ। धान रोपाईका लागि ब्याडमा बीउ तयार भए पनि रोप्ने मान्छे नपाईएपछि यहाँको अधिकांश स्थानमा रोपाईमा समस्या भएकोे कृषकहरु बताउँछन्। खेतमा जोताईको काम सकिएको छ।  

नेपाल किशान महासंघका जिल्ला अध्यक्ष गंगा बहादुर बिष्टले जिल्लामा कायम गरिएको दररेट भन्दा बढी ज्याला दिदा समेत रोपाहार पाउन गाह्रो परेको बताउँछन्। उनले बढी जमिन भएका कृषकहरुको रोपाई रोकिएको बताए।  

उनका अनुसार अनुसार जिल्लामा रोपाईका लागि भारतको बिहार र छिमेकी जिल्ला दाङबाट सबै भन्दा बढी खेताला ल्याईएको छ। जिल्लाबाट युवाहरुको ठूलो जमात बैदेशिक रोजगारीका लागि गएकाले अहिले यहाँ मजदुर र रोपाहाहरुकोे अभाव भएको स्थानीय बताउँछन्।  

सबभन्दा बढी भारतको बिहारबाट रापाईका लागि यहाँ खेताला ल्इाईएको छ। त्यस पछि दाङ, रौतहट तथा भारतको उत्तरप्रदेशका बिभिन्न स्थानबाट रोपाईका लागि मजदुरहरु यहाँ आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।  

जिल्ला दररेट निर्धारण समितिले दैनिक ज्याला ६ रुपैया निर्धारण गरेको छ। तर रोपाहारकोे अभावका कारण त्यति ज्यालमा काम गर्न अस्विकार गर्ने गरिएकाले यहाँका अधिकांस कृषकले जिल्ला बाहिरबाट खेताला ल्याउने गरिएकोे कृषि कार्यालयका जनाएको छ। मजदुर अभावले रोपाईमा समस्या परेको कृषि ज्ञान केन्द्रका प्रमुख रबिन्द्र चौबेले बताए। ‘केही बर्षयता देखि बढी खेत भएका कृषकले जिल्ला बाहिर र भातरको बिभिन्न स्थानबाट मजदुरहरु ल्याई रोपाई गर्ने गरिएका छन’ उनले भने।

उनका अनुसार जिल्लमा ८०  प्रतिशत रोपाई संपन्न भएको छ। जिल्लाको खेतीयोग्य जमीन ८३ हजार हेक्टर मध्ये ७१ हजार ५  सय र हेक्टरमा धान खेती गरिन्छ। यहाँ राधा चार, सावाँ मन्सुली, गोल्डेल मन्सुली, लोकनाथ, गोरखनाथ,साबित्री लगायत जातका धान रोपिने गरिएको छ।  

प्रकाशित: ११ श्रावण २०८० ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App