४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक खण्ड दुइतर्फी संचालनमा

सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ।

तीन नम्बर पुलमा मङ्गलबार दिउँसा करिब साढे ३ बजेको समयमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। माथिबाट खसेको पहिरो हटाउने काम सकिएपछि राजमार्ग संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

यसअघि कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो। कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो गएका थियो। ठाउँ ठाउँमा राखिएको मेशिनबाट तत्कालै पहिरो हटाई यातायात सञ्चालन गराउँदै आएको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: ९ श्रावण २०८० ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App