भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गरेको विआर ०१ पीजी २११ नम्बरको भारतीय जीपबाट भारु ७ लाख ७९ हजार सहित दुई जना पक्राउ परेका छन्।
सवारी चेक जाँचका क्रममा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले शुक्रबार दिउँसो नेपाल–भारतको सिमाना स्थित विराटनगरको रानीबाट स्रोत नखुलेको भारु ७ लाख ७९ हजार सहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा भारत विहारका ८१ वर्षीय रामनरेश सिंह र जीपका चालक ३३ वर्षीय रतिस जसवात रहेका छन्। रामनरेश सिंहले बाेकेको ब्यागमा स्रोत नखुलेको भारतीय रुपैयाँ फेला परेको थियो।
चेकजाँच गर्ने क्रममा सानो सुडकेश जस्तो ब्यागमा राखिएको भारतीय रकम फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका भारतीय नागरिक, भारतीय रुपैयाँ र गाडी अहिले बिओपी रानीमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ५ श्रावण २०८० १४:१६ शुक्रबार