२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

कञ्चनपुर कारागारबाट भागेकामध्ये एक सय २४ कैदीबन्दी फिर्ता

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदीबन्दी फिर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये आजमात्र एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ। 'केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ,' उनले भने, 'केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन्।' उनका अनुसार २१ जना कैदीबन्दी कारागारबाट भागेका थिएनन्। अझै तीन सय ५५ कैदीबन्दी फरार छन्।

कारागारमा चार सय ५३ पुरुष र २६ महिला गरी चार सय ७९ कैदीबन्दी थिए। जसमा सबैभन्दा बढी एक सय ६९ जना लागुऔषधसम्बन्धी मुद्दाका थिए।

प्रकाशित: २७ भाद्र २०८२ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App