२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङ कारागारमा खेलकुद प्रतियोगिता

खेल व्यवस्थापन टिमलाई कारागार भित्र भलिबल हस्तान्तरण गर्दै फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा। तस्बिर: खगेन्द्र नागरिक।

ताप्लेजुङ कारागारमा कैदीबन्दी बीच फुटसल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

जिल्ला कारागार शाखाका प्रमुख (जेलर) कुलेन्द्र खवासले कारागार भित्रका कैदीबन्दीहरुको खेल प्रतिभाको सम्मान र शारीरिक स्फुर्तिकका लागि फुटसल र भलिबल प्रतियोगिता आयोजना गरिएको बताए।

फुटसल भनेको ‘मिनी’ फुटबल हो। तर यो खेल ‘इन्डोर’ खेलिन्छ। प्रत्येक टिममा एक गोलरक्षकसहित पाँच खेलाडी हुन्छन्। नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन्। यो सामान्यतः २० मिनेट प्रतिहाफ खेलाइन्छ। दुई हाफको बीचमा १५ मिनेटको विश्राम हुन्छ। फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन्।

कारागारको भित्रै दुवै प्रतियोगिता सम्पन्न भएको जिल्ला कारागार शाखाले जनाएको छ। विजेताहरूले प्रायोजन गर्ने ट्रफी, मेडल र प्रमाणपत्रको प्रायोजन फुङलिङ नगरपालिकाले गरेको जनाएको छ। दुवै प्रतियोगितालाई नगरपालिकाकोतर्फबाट निरन्तरता दिइने तयारी भइरहेको नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिइन्।

प्रतियोगिता फाइनलका दिन नगर उपप्रमुख ओझा, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) राजन लिम्बू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख दुर्गा चापागाँई, जिल्ला कारागार शाखा प्रमुख खवास सहितको उपस्थिति रहेको थियो।

प्रकाशित: ३ श्रावण २०८० १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App