२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरी परिसर प्रमुख कार्कीसहित २४ अधिकृत पुरस्कृत

प्रहरी प्रधान कार्यालयले यस वर्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मीरा चौधरी डिआइजी बुद्धि गुरुङ, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीसहित २४ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्षेत्रमा राम्रो काम गरेको भन्दै रेकर्डमा उल्लेख हुने उनीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन्।

यसअघि आइजीपी कुँवरले ९ जना प्रहरी कर्मचारीलाई विशेष बढुवा गरेका थिए। प्रहरी नियमावली २०७१ को दफा ३९ को व्यवस्था अनुसार गत आर्थिक वर्षको अन्तिम दिन आइतबार आईजीपी कुँवरले एक जना जवान, ५ जना सहायक हवलदार, २ जना सहायक निरीक्षक र एक जना नायब निरीक्षकलाई एक तह बढुवा गरेका थिए।

त्यसको दुई दिनपछि विभिन्न कार्यालयका प्रमुखसहित २४ जनालाई पुरस्कृत गरेका हुन्। यस्तो किसिमको पुरस्कारबाट कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीमा सकारात्मक सन्देश जाने भएकाले उनीहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रकाशित: २ श्रावण २०८० १५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App