३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

आफ्नै घरको छेउमा गाडीले किच्दा स्थानीय धिरज रिजालका २० महिनाका छोरा रियनको मृत्यु भएको प्रहरीले जनाएको छ।

रियनलाई मे १ ज ३६२ नम्बरको पिकअपले किचेको थियो। टाउकोमा गम्भीर चोट लागेर घाइते रियानको स्वास्थ्य चौकीमा उपचारका लागि लगेपछि मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  

पिकअप चालक २६ वर्षे रेजन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।    

प्रकाशित: २ श्रावण २०८० ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App