३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अरुण तेस्रो ४०० केभी प्रसारण लाइन मुआब्जा सरोकार समितिले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझायाे

अरुण तेस्रो ४०० केभी प्रसारण लाइन मुआब्जा सरोकार समितिले आज मुआब्जा निर्धारण सम्बन्धमा गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ। 

अरुण तेस्रो ४०० केभी प्रसारण लाइन मुआब्जा सरोकार समितिले मुआब्जा  निर्धारण समितिले अन्याय पूर्ण ढंगले आफूहरूको जग्गाको मूल्य कम गरेको भन्दै गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई न्यायसङ्गत रुपमा जग्गाको मूल्य दिन आग्रह गर्दै आज ज्ञापन पत्र बुझाएका हुन। 

यस अघि अरुण तेस्रो जलविद्युत परियोजना अन्तर्गत ४०० केभी प्रसारण लाइनका संखुवासभा जिल्लामा पर्ने ५९ वटा टावरको निर्धारण गर्ने क्रममा खाँदबारी नगरपालिकाको वडा न १, २, ४ र ८ मा पर्ने  १४ वटा टावरको यही असार १५ गते मुआब्जा  निर्धारण समितिले प्रतिरोपनी ५ लाख देखि ८ लाख सम्म एकलौटी ढंगले  गरेको अन्यायपूर्ण तथा  अवैज्ञानिक निर्णय प्रति जग्गा धनीहरूको संस्था अरुण तेस्रो ४०० केभी प्रसारण लाइन मुआब्जा सरोकार समितिले असहमति जनाएर ज्ञापन पत्र बुझाएका हुन।

 उनीहरुले खाँदवारी क्षेत्र बाहेक अन्य जिल्लामा २०७३ र ०७६सालमा  चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका जग्गाहरूलाई  पाखो बारीको प्रतिरोपनी  रु ८ लाख २५ हजारदेखि घडेरीको  रु ३० लाख सम्म निर्धारण गरिवितरण गरेको नजिरसमेत ज्ञापन पत्रमा उल्लेख गर्दै आफूहरूको जग्गाको मुआब्जा दिँदा प्रतिरोपनी  ५ लाख देखि ८ लाख सम्म मात्र राखेकोमा असन्तुष्टी जनाएका हुन। 

प्रकाशित: २९ असार २०८० १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App