२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

टीकापुरमा दुई जनामाथि खुकुरी प्रहार

टीकापुर नगरपालिका वडा नं. १विजयनगर नजिकै मंगलबार साँझ दुई जना युवामाथि साँघातिक आक्रमण भएको छ।

एक समूहले साँझ करिव ८ बजेतिर स्थानीय प्रकाश खड्का र बमबहादुर ओलीमाथि खुकुरी प्रहार गरी साँघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ।

सो समूहको खुकुरी प्रहारबाट खड्का र ओलीको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुलसीराम अर्यालले साँघातिक आक्रमण गर्ने केही व्यक्तिको पहिचान भएको जानकारी दिएका छन्। उनका अनुसार आक्रमणमा स्थानीय विशाल आचार्य, चक्रशाह र तपेन्द्र बिष्टको परिचय खुलेको छ।  

उनले घटनामा ७/८ जनाको संलग्नता रहेको बताएका छन्। उनले घटनामा संलग्न सबैको खोजीकार्य भैरहेको जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान समेत भैरहेको उनको भनाइ छ। ‘हामी घटनाका बारेमा अनुसन्धानगरिरहेका छौं’ उनले भने–‘संलग्न सबैलाई कारवाही हुन्छ।’

प्रकाशित: २७ असार २०८० ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App