७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

दुई सरकारी मोटरसाइकल सहित तीन नाबालक पक्राउ

एकै दिन दुई वटा सरकारी कार्यालयका मोटरसाइकल चोरी भएको छ।राजापुर नगरपालिका र जिल्ला समन्वय समितिको सेतो प्लेटको मोटरसाइकल शनिबार बिहान ३ बजे चोरी भएको हो।

सरकारी मोटरसाइकलसहित तीन नाबालकहरूलाई प्रहरीले नियन्त्रणमा लिई सकेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक जया नेपाल थापाले बताए। ‘राजापुर नगरपालिकाको सेतो प्लेटको भे १ बा ९८६ र जिल्ला समन्वय समितिको भे १ बा १६६४ नम्बरको मोटरसाइकल राजापुर क्षेत्रबाट चोरी भएको जानकारी प्राप्त हुनसाथ खोज तलासमा प्रहरी परिचालन भएको थियो’ प्रहरी निरीक्षक थापाले भने,‘खोजतलासको क्रममा दुई वटै सरकारी मोटरसाइकलसहित तीन जना १८ वर्षमुनिका बालकहरूलाई नियन्त्रणमा लिएका छौँ।’

मोटरसाइकल चोरीमा संलग्न अझै तीन जना फरार छन्। उनीहरूलाई पनि नियन्त्रणमा लिन प्रहरी परिचालन भइसकेको प्रहरी निरीक्षक थापाले जनाए।

प्रकाशित: २३ असार २०८० १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App