४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

पशुपतिनगर नाका तीन दिनलाई बन्द

नेपाल–भारत पशुपतिनगर नाका। तस्बिर: भीम/नागरिक

पूर्वी नेपाल र भारत जोडिएको पशुपतिनगर नाका तीन दिनका लागि बन्द गरिएको छ।

भारतको दार्जिलिङमा जुलाई ८ (शनिबार) मा हुन लागेको पञ्चायत जनरल इलेक्सनलाई मध्यनजर गरी आज (बिहीबार) नाका सिल गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार पर्सि शनिबार साँझ ५ बजेसम्मलाई नाका बन्द भएको हो। पशुपतिनगरबाट नेपाल–भारत मानिसको आऊ–जाऊ हुने गरेको छ। तर, पशुपतिनगरमा अध्यागमन कार्यालय रहे पनि भारतपट्टि त्यही काम गर्ने कार्यालय नहुँदा तेस्रो देशका पर्यटक भने यहाँबाट आऊ–जाऊ गर्न सकेका छैनन्।

प्रकाशित: २१ असार २०८० १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App