१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा एक वृद्धको गोली हानी हत्या

सर्लाही र रौतहटको बिचमा पर्ने खोलाको बगरमा घर बनाएर बस्दै आएका एक वृद्धलाई गोली हानी हत्या गरिएको छ।

रौतहटको वृन्दावन नगरपालिकाको बलेरी खोरभन्दा पूर्व र सर्लाहीको बरहथवा नगरपालिका भन्दा पश्चिम रहेको दुई खोलाको बिच बगरमा करिब २५/३० वर्षदेखि बस्दै आएका ६० वर्षीय गिरधारी सहनीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

घटना गए रातिको भएको बताइएको छ। दुई खोलाको बिचमा एकान्ततिर बस्ती रहेको र बस्तीमा दुवैतिरबाट आवतजावत कम भएकोले घटनाबारे ढिलो जानकारी आएको हो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार सहनीको छातीमा गोली लागेको थियो उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताए। 

प्रकाशित: २० असार २०८० १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App