७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

१२ लाख बराबरको सामग्री बरामद

सशस्त्र प्रहरीले भारतबाट अबैधरुपमा नेपाल भित्राइएको अबैध मल लगायतका १२ लाख बराबरको सामान बरामद गरेको छ। एक पिक अप भ्यान, २ मोटरसाइकल सहित सो  अबैध सामान पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २८ हेडक्वाटर कपिलवस्तुका मातहतमा रहेको बिओपी चाकरचौडाले शुद्धोदन गाउँपालिका वडा नम्बर ३ कोठियाघाटमा भारतबाट अबैधरुपमा भित्राइएको ३८ बोरा युरिया मल ८० केजी माछा र रा १ च ११६८ नम्बरको पिक अव भ्यान बरामद गरेको  छ।

सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले सीमा नाकाहरूमा बिओपी स्थापनासँगै सीमा नाकामा कडाई गरिए पछि अहिले धमाधम तस्करी गरि ल्याइएको सामान बरामद हुन लागेको बताए। यस्तै अनुगमन र निगरानी बढाउँदा २ वटा मोटरसाइकल र भारतबाट ल्याइएको बिभिन्न सरसामान समेत बरामद भएको उनले बताए। बरामद सामान र गाडी भन्सारलाई बुझाइएको उनले बताए। 

प्रकाशित: २० असार २०८० १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App