२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एम्बुस जस्ता दाङका सडक 

घोराही प्रवेश गर्ने नाका कटुवा खोला नजिकैको सडक। तस्बिर: दिनेश/नागरिक

दैनिक सयौं सवारीसाधन गुड्ने दाङ घोराहीका सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम लामो समयसम्म पनि नहुँदा दंगालीहरू दिक्क छन्। घोराही उपमहानगरपालिकामा रहेको सडक डिभिजन कार्यालय पनि सडक मर्मत गर्न नसकी लाचार जस्तै देखिन्छ।

बिपी चोक नजिकै रहेको उक्त कार्यालयको मूलगेटको २ सय मिटर दुरीको कटुवा खोलानेर सडकमा सानाठुला दर्जनौं खाल्डा छन्। डिभिजन कार्यालय छेउमै रहेको ट्राफिक चोकनेरको सडकमा पनि दर्जनभन्दा बढी खाल्डा छन्।

विभिन्न नामका सडक कार्यालय र स्थानीय सरकारबाट बर्सेनि सडक मर्मतका नाममा खर्च गरिने करोडांै रकम सडकमा होइन, कागजमा मात्र देखिन्छन। सडकको धुलो/हिलो छोप्न गाडीका झ्यालका सिसा बन्द गरेर हिँड्ने मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिदेखि सरोकावाला सबै निकायका अधिकारी मौन प्रायः छन्। हरेक दिन हुने सडक दुर्घटना र क्षतिप्रति जिम्मेवार निकाय मूकदर्शक छन्।

दैनिक सयौं सवारी साधन गुड्ने दाङ घोराहीका सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम लामो समयसम्म पनि नहुँदा दंगालीहरू दिक्क छन्। घोराही उपमहानगरपालिकामा रहेको सडक डिभिजन कार्यालय पनि सडक मर्मत गर्न नसकी लाचार जस्तै देखिन्छ।

‘यसभन्दा अगाडि फोरलेनको सडक मर्मतका लागि ठेक्का लागेको थियो। त्यसको कार्यालय लमही थियो। पछिल्लो समय ठेक्का तोडिएपछि मर्मतको जिम्मा हामीलाई दिइएको छ’, सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारी भन्छन्, ‘हामीले मर्मतका लागि ठेक्का लगाइसकेका छौं। एक दुईदिनमा सम्झौता गर्छौं।’

उनका अनुसार ३ करोड रूपैयाँको ठेक्कामा २५ प्रतिशत घटेको छ। असोज मसान्तसम्म सक्नेगरी टेन्डर निकालिएको हो। अझै कति दुर्घटना कुर्ने भन्ने नागरिकको प्रश्नमा अधिकारीले भने, ‘यतिका समय त कुर्नु भो, अब दुईचार महिना कुर्दैमा के बिग्रिन्छ र?’

सडकको दुर्दशाले पीडित स्थानीयले प्रमुख जिल्ला अधिकारीकहाँ पुगेर गुनासो बिसाउँदै आएका छन्। ‘व्यापक गुनासो आएको छ। डेलिकेसन पनि पटकपटक आएको छ,’ प्रमुख जिल्ला अधिकारी सुशील वैद्य भन्छन्, ‘फोरलेन सडकको ठेक्का रद्द भएपछि मर्मतका लागि सडक डिभिजनले ३ करोड रूपैयाँमा ठेक्का लगाएको छ। अब केही दिनमा काम होला। असोज मसान्तसम्म सक्ने भनेको छ।’

अति भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। सडकमाा हरेक दिन खेप्नुपरेको सास्तीले वाक्क उनीहरू सरकारी निकायलाई थप दबाब दिन छलफलमा जुटेका छन्। ‘बजार छिर्ने नाकामा रहेको सडकका यति खाल्डाखुल्डी पुर्न पनि महिनौं लगाउने? अति भयो, हामी अब सडक डिभिजन कार्यालयमा ताला लगाउने सोचमा छौं’, स्थानीय एक युवकले भने, ‘तत्काल समस्या समाधान नभए अप्रिय निर्णय पनि लिन सकछौं।’

अति भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। सडकमाा हरेक दिन खेप्नुपरेको सास्तीले वाक्क उनीहरू सरकारी निकायलाई थप दबाब दिन छलफलमा जुटेका छन्।

स्थानीयका अनुसार सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दर्जनभन्दा बढी दुर्घटना हुने गरेका छन्। तर जवाफदेही कोही छैन। असुरक्षित सडकका दाङका नागरिक आजित छन्। पटकपटक तालुकदार कार्यालयमा पुगेका उनीहरू सरकारी उदासीनताप्रति दिक्क भएका हुन्। ‘हामीलाई अरू थाहा छैन, खाल्डा त पुनुपर्‍यो नि।

हामीले हरेक इभेन्टमा राज्यलाई कर तिरिराख्ने, अनि हामी हिँड्ने सडकबारे राज्यले मतलब नगर्ने? अझै पनि दुर्घटना कुरेर बस्न सकिने अवस्था छैन,’ घोराहीका एक युवकले भने, ‘मिठो मुखले भनेर कसैले सुन्दैनन्। अब उनीहरूले सुन्नेगरी केही गर्ने योजना बनाउँदैछौं।’

लमही-घोराही सडक खण्ड जस्तै घोराही–तुलसिपुर सडकको अवस्था पनि नाजुक छ। दैनिक सयौं सवारीसाधन ओहोरदोहोर गर्ने यो सडकमा भएका दुर्घटनाबाट मानवीय र भौतिक क्षति भइरहेको छ।

दाङका ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्ल सडकमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बनेको बताए। ‘कटुवा खोलावरपर जोखिम बढी छ। खाल्डा छल्न खोज्दा गाडी दुर्घटनामा परिरहेका छन्।’

स्थानीयका अनुसार सडकमा परेका खाल्डाखुल्डीका कारण दैनिक दर्जनभन्दा बढी दुर्घटना हुने गरेका छन्। तर जवाफदेही कोही छैन। असुरक्षित सडकका दाङका नागरिक आजित छन्।

स्थानीय सरकारले निर्माण गरेका ग्रामीण र भित्री सडक पनि उत्तिकै बेहाल छन्। वातावरणीय प्रभाव मूल्यांकन नगरीकन खनिएका सडकहरू सानोपानी पर्दासमेत पहिरो गएर हिँड्न नमिल्ने अवस्थामा पुग्छन्।

‘डिभिजनले सडक मर्मतको जिम्मा पाएपछि समयमै गर्नुपर्‍यो नि। बर्खाको समय यसै पनि जोखिमको बेला हो, यो समयमा दुर्घटना बढ्न सक्छ। त्यसमाथि सडकको अवस्थाले थप जोखिम निम्ताएको छ’, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी भन्छन्, ‘नियमित मर्मत त गर्नुपर्‍यो नि। नियमित मर्मत नगर्नु सडक डिभिजन कार्यालयको हदैसम्मको लापरबाही हो।’

स्थानीय सरकारले निर्माण गरेका ग्रामीण र भित्री सडक पनि उत्तिकै बेहाल छन्। वातावरणीय प्रभाव मूल्यांकन नगरीकन खनिएका सडकहरू सानोपानी पर्दासमेत पहिरो गएर हिँड्न नमिल्ने अवस्थामा पुग्छन्।

लुम्बिनी प्रदेश राजधानी रहेको दाङका मुख्य सडक मात्र नभएर अन्य सडकको अवस्था पनि बेहाल छ। घोराहीदेखि रोल्पा होलेरी, घर्तीगाउँ, थवाङ हुँदै रुकुम जोड्ने सहिद मार्ग र तुलसीपुरदेखि सल्यान हुँदै रुकुम जोड्ने राप्ती राजमार्गको अवस्था पनि झन् बेहाल छ। घोराही-होलेरी सडकको कालोपत्रे सबै उप्केको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट खण्डमा पनि कालोपत्रे पनि उप्केको छ। 

प्रकाशित: २० असार २०८० ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App