३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

नहरमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्बिर।

सर्लाहीमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बागमती नगरपालिका १० नयाँ बस्ती घर भई सोल्टीमा डेरा लिई पसल संचालन गरेका अनिल विकका चार वर्षीय छोरा दीक्षान्त विकको नहरको पानीमा डुबेर मृत्यु भएको हो।

नहरको डिलमा खेल्न गएको बालक एक्कासि नहरमा खस्न पुगेका थिए। तीव्र गतिमा रहेको नहरको पानीमा बालकलाई बगाएको देखेर स्थानीय र प्रहरी मिलेर उद्धार गरेका थिए।

घाइते बिकलाई उपचारको लागि बरहथवा अस्पतालमा लगिएको थियो। प्राथमिक उपचारपछि बालकलाई हरिवनस्थित भेनस अस्पतालमा लैजाँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

प्रकाशित: १९ असार २०८० १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App