१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

सर्लाहीमा दुई हजारभन्दा बढीले पाए वंशजको आधारमा नागरिकता

मधेश प्रदेशको सर्लाहीमा गत दश दिनमा दुई हजारभन्दा बढीले नागरिकता पाएका छन्। 

जन्मसिद्धका आधारमा नेपाली नागरिकता प्राप्त गरेका सन्तानमध्ये दुई हजारभन्दा बढीले दश दिनमा वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत असार १० गतेदेखि जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण सुरु गरेको थियो।

सर्लाहीमा जिल्ला प्रशासन कार्यालय सर्लाही, इलाका प्रशासन कार्यालय बरहथवा र इलाका प्रशासन कार्यालय हरिवन गरी तिन ठाउँबाट नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो।

मंगलबारसम्म जिल्ला प्रशासन कार्यालय सर्लाहीले १,०१०, इलाका प्रशासन कार्यालय बरहथवाले ७१४ र इलाका प्रशासन कार्यालय हरिवनले ३७९ गरी सर्लाहीमा २,१०३ जनाले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्लाहीमा टोकनको आधारमा नेपाली नागरिकता बनाउने काम भइरहेकोले केही हदसम्म कार्यालय तथा सेवाग्राहीलाई सजिलो भएको बताए।

प्रकाशित: १९ असार २०८० १४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App