६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न. ७ खरिपाटी हेल्मेटडाँडामा असार १३ गते बुधबार मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ।

जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर बस्ने वर्ष ४२ को ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको हो।

प्रहरीका अनुसार भक्तपुरको कमलविनायकबाट जितपुरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए। घाइते भएपछि उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको ट्रमा सेन्टरबाट पनि थप उपचारको लागि अन्नपूर्ण न्युरो अस्पताल काठमाडौं लगेर उपचार भइरहेको थियो।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने वर्ष २० को राजन थापा र मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने वर्ष २४ को साजन कार्की सामान्य घाइते भएकोमा उपचारपश्चात् डिस्चार्ज भएको परिसरका सूचना अधिकारी वसन्त पाठकले बताए। 

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान भइरहेको पाठकले जनाए।

प्रकाशित: १९ असार २०८० १२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App