१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

मकै जोगाउन थापेको विद्युतीय पासोमा परेर एकको मृत्यु

फाइल तस्बिर

अर्घाखाँचीको छत्रदेवमा विद्युतीय पाँसोमा परेर एक जनाको मृत्यु भएको छ।

जंगली जनावरले साताएपछी मकै जोगाउन थापेको विद्युतीय पासोमा परि गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय विमल महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

जंगलबाट अरिङगाल पोलेर फर्कने क्रममा छत्रदेव ३ का केशव खनालको घर नजिकै रहेको मकैबारीमा बँदेल लगायत जंगली जनावरका लागि थापेको पासोमा परि गम्भिर घाइते भएका महतको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो।

महतले दीदीभिनाजुले सञ्चालन गरेको होटलमा काम सघाउँदै आएका थिए। पासो थाप्ने ४६ वर्षिय खनाललाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असार २०८० ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App