२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नारायणगढ-मुग्लिन सडक खण्डमा सधैं पहिरोको सास्ती

भैरहवाका अमित पौडेलले भैरहवा–काठमाडौं चल्ने बस चलाउन लागेको आठ वर्ष पुग्यो। बर्खाको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड छिचोल्न निकै सकस हुन्छ। सडक माथिबाट खस्ने पहिरोका कारण उनले बर्खामा प्रत्येक वर्ष नै सास्ती खेप्दै आएका छन्।

‘बर्खामा कति खेर पहिरो खस्छ थाहा नै हुँदैन। हिजो रातीबाट यही जाममा बस्नु परेको छ,’ भैरहवाबाट ४५ जना यात्रु लिएर आएका पौडेलले पहिरो खसिरहेको देखाउँदै भने, ‘ज्यान नै धरापमा राखेर यात्रा गर्नुपर्छ।’

नारायणगढ–मुग्लिन सडक खण्डमा राति दुई बजे आएका पौडेल शनिबार दिँउसो एक बजेसम्म जाममा नै थिए। प्रत्येक बर्खा पहिरोमा पर्ने गरेको उनले बताए। बर्खा लागेसँगै यस सडक खण्डमा हिँड्ने यात्रुले सधैं सास्ती खेप्दै आएका छन्। ‘नारायणगढ–मुग्लिन सडक खण्डमा कुनै पसल छैनन्। माथिबाट पानी परिरहेको छ। जाने ठाउँ कतै छैन। वीरगञ्जबाट पोखरा हिँडेका अजय ठाकुरले भने, ‘शौच गर्नसमेत पाएको छैन। खाना खाने त त्यस्तै हो।’

भैरहवाका अमित पौडेलले भैरहवा–काठमाडौं चल्ने बस चलाउन लागेको आठ वर्ष पुग्यो। बर्खाको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड छिचोल्न निकै सकस हुन्छ।

बिहीबार दिँउसो साढे १ बजेदेखि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। तुइन खोलामा माथिबाट सुख्खा पहिरो खस्ने क्रम जारी नै छ। पहिरो हटाएको केही समयपछि पुनः खस्छ। पहिरो नझरेको समयमा हेरेर मात्र सवारीसाधन पास गराउने गरेका छन्। देशलाई राजधानीसँग जोड्ने जीवनरेखा मानिएको यस खण्डमा प्रत्येक बर्ष नै पहिरो जाँदा यात्रुहरू समस्यामा पर्ने गर्दछन्।

यस राजमार्गमा १५ दिनदेखि पहिरो खसिरहेको छ। पछिल्लो तीन दिनबाट भने ट्राफिक नै अवरोध हुन पुगेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले बताए। अहिले विशेष गरेर तुईन खोला, १८ किलो, मौरी पुलमा नियमित जस्तै पहिरो खस्ने गरेको उनले जानकारी दिए। शनिवार यी तीनै ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको थियो।

नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगादेखि मुग्लिनसम्म रहेका २४ किलोमिटरमा पहिरोको बढी जोखिम छ। त्यसमध्ये सबैभन्दा जोखिम क्षेत्र २० वटा रहेका छन्। १५ किलो, १६ किलो, १७ किलो, १८ किलो, मौरी टोल, सेती दोभान, सिमलताल, घुमाउने, चोर खोला, नाम्चे पुल, कालि खोला, टोपे खोला बढी पहिरो जान्छ।

यसलाई दृष्टिगत गर्दै सडक विभागले पहिरो रोक्न १ अर्ब रूपैयाँको हाराहारीमा खर्च गरेको थियो। यद्यपि अझै चुनौती बन्दै गएको छ। विभागले जोखिम क्षेत्रमा ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गरेको थियो। फलामे रड गाडेर ससाना ढुंगा तथा गेग्रानलाई छोप्ने (रक नेटिङ) र ठूला चट्टानलाई खस्न नदिन ८ मिटर गहिरो प्वाल पारेर फलामे रड छिराएर कस्ने (रक बोल्टिङ) काम भएको थियो।

नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगादेखि मुग्लिनसम्म रहेका २४ किलोमिटरमा पहिरोको बढी जोखिम छ।

नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको थियो। सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलविरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भएको थियो।

रक बोल्टिङ र रक नेटिङ प्रविधिबाट गरिएको ठाउँमा आजभोलि पहिरो खसेको छैन। नयाँ ठाउँबाट पहिरो खसिरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साह बताउँछन्।

‘यस सडक खण्डमा स्थानीय पालिकाले जथाभावी सहायक बाटा खोलेका छन्। ठाउँठाउँमा नदीजन्य वस्तुको उत्खनन भइरहेको छ। वातावरण प्रभाव मुल्यांकन नगरि भैरहेका यस्ता कामले यस खण्डमा झन्भन्दा झन् जोखिम बढीरहेको छ,’ उनले भने, ‘मुख्य राजमार्गलाई नै बिगार्ने साहायक बाटाहरू गनि साध्य छैन।’

नारायणगढ-मग्लिन सडक खण्डको दुरी ३६ किलोमिटरको छ। दुई बर्षअघि कालिखोलाले बढी दुख्ख दिएको थियो। अघिल्लो वर्ष मौरी पुल र अहिले तुइन खोलाले बढी दुख्ख दिएको छ। यस सडक खण्डमा पहिरो नियन्त्रणका लागि अध्ययन सुरु भएको इन्जिनियर साहले बताए।

रक बोल्टिङ र रक नेटिङ प्रविधिबाट गरिएको ठाउँमा आजभोलि पहिरो खसेको छैन। नयाँ ठाउँबाट पहिरो खसिरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साह बताउँछन्।

सडक विभागको समन्वयमा पहिलो नियन्त्रण गर्न एडिवि र जाईकाले अध्ययन गरिहेको छ। ‘उनीहरूले समाधान देलान। सोही अनुसार काम होला,’ उनले भने, ‘अहिले त जति झर्छ उती नै फालेर सडक खुलाउने काम मात्र गर्न सक्छौँ। अरू गर्न सक्दैनौँ।’

निरन्तर पहिरो झरेपछि दुई ठाउँमा लोडर र एक्साभेटर राखिएको छ। उत्तीकै मात्रामा सुरक्षाकर्मी खटेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीका अनुसार दुई सयको हाराहारीमा यस सडक खण्डमा सुरक्षाकर्मी खटेका छन्।

‘मुग्लिन, कुरिन्टार, जुगेडी, इच्छाकामना, रामनगरको पुरै प्रहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पूरै जनशक्ति खटिएको छ। बागमती प्रदेश ट्राफिक कार्यालयबाट पनि एसपी साप खटिनुभएको छ,’ उनले भने ‘त्यसले नपुगेकार जिल्लाबाट २५ जनाको टोली सोही खण्डमा खटेका छन्।’ सडक विस्तारको क्रममा पनि यात्रुले निकै सास्ती पाएका थिए।

प्रकाशित: १७ असार २०८० ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App