२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धक्काको भरमा गाडि चलाउदै

कर्णाली करिडोरको खुलालुमा गाडि पास गर्न धक्कमा मार्दै स्थानीय। तस्बिर/ ललित विष्ट/नागरिक

कर्णाली करिडोरको कालिकोट खण्डको सडक दिन प्रतिदिन बिग्रिँदै गएको छ। नेपाली सेनाले निर्माण गरेर २०७४ सालबाट गाडी गुड्न थालेको करिडोरको स्तरोन्नति नहुँदा दिन प्रतिदिन बिग्रिँदै गएको हो। कर्णाली करिडोरको खुलालु पुलनजिकै प्रवेशद्धवारमा गाडी चलाउँदा धक्का मानुपर्ने बाध्यता रहेको छ।

कालिकोट र बाजुराको सिमाना लैफुसम्मको सडक सेनाले ट्र्याक खोल्दा बनाएका संरचनाहरू भत्किँदै गएका छन्। सडकको स्वरूप पनि कुरूप बन्दै गएको छ। वर्षाको पानी,बाढीपहिरो, धुलाम्मे सडक, खाल्डाखुल्डी जस्ता प्राकृतिक प्रकोपले सडक खुम्च्याउँदै गएको छ। सवारी चालकहरुले सरकारले करिडोरमा चासो नदिदा समस्या भएको बताएका छन्। उनीहरुले कहिले सम्म गाडिलाइ धक्काको भरमा चलाउने प्रश्न गर्न थालेका छन्।  

सेनाले निर्माण कार्य पूरा गरेर सडक विभागलाई हस्तान्तरण गरेको तीन वर्ष बितिसक्दा पनि उक्त सडकको स्तरोन्नतिको काम नहुँदा यस राजमार्गको यात्रा असहज बन्दै गएको छ। कर्णालीको गेटवेका रूपमा चर्चित खुलालु पुलमै गाडी चढाउन मुस्किल छ।  

कर्णाली करिडोरमा यात्रागर्ने हरेक यात्रुहरू खुलालु पुल, आम्तडाको भीरलगायत दर्जनौं ठाउँमा गाडी नचढ्दा धक्कामार्दै गाडी गुडाउँदै यात्रागर्न बाध्य छन्। गाडीचालक उमेश धितालका अनुसार कर्णाली करिडोरमा नागरिकले जोखिमपूर्ण यात्रा गरिरहेको बताए। उनले भने ‘सडक सडक जस्तो छैन्। कुन दिन ठूलो दुर्घटना हुन्छ। सरकारले समयमै ध्यान दिन आवश्यक छ।’

२०७१ साल चैत ९ गतेदेखि नेपाली सेनाले निर्माणको काम सुरु गरेपछि २०७४ सालमै कालिकोटबाट बाजुरासम्म सडकको ट्र्याक खोली गाडी गुडेको थियो। त्यसपछि क्रमशः बाजुरा र हुम्लासम्म गाडी पुग्यो। हुम्लाको ६ किलोमिटर चट्टानी भाग छारे भीरमा सेनाले अहिले पनि सडक खनिरहेको छ। अर्को असारमसान्तसम्म त्यो भीर पनि छिचोलेपछि राष्ट्रिय राजमार्गसँग नजोडिएको मुलुककै एक मात्र जिल्ला हुम्लामा पनि सरर गाडी गुड्नेछ।

जिल्लाको लालिघाट बजारदेखी बाजुराको हिमाली गाँउपालिकाको लेबडीसम्मको ७८ किलोमिटर सडकमा सार्वजनिक यातायात सञ्चालन भइसकेको छ। बाजुराको लेडीबाट हुम्लाको गल्फागाडसम्म सेनाको सामान ढुवानी गर्ने गाडी गुडिरहेका छन्। यो करिडोरको कुल लागत २ अर्ब ८४ करोड रहेको छ।

२०७१ साल चैत ९ गतेदेखि नेपाली सेनाले निर्माणको काम सुरु गरेपछि २०७४ सालमै कालिकोटबाट बाजुरासम्म सडकको ट्र्याक खोली गाडी गुडेको थियो।

यो वर्ष करिडोर निर्माणका लागि सरकारले १८ करोड ६३ लाख बजेट निकासा दिएको छ। गत आर्थिक वर्षसम्म १ अर्ब ५३ करोड बजेट खर्च भइसकेको छ। कर्णाली करिडोरमा पर्ने सान्नीगाड, फुगाड, कुवाडी खोला,गल्फागाड लगाएतका ठउँमा बेलिब्रिज निर्माण भइसकेको छ। कर्णाली करिडोर निर्माण पूरा भएको चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सिडक बन्नेछ।

यसको कुल लम्बाइ ५ सय ३० किलोमिटर मात्र रहनेछ। यो सडकखण्ड निर्माण भएपछि बर्सेनि भारतबाट मानसरोवर आउने हजारौं पर्यटकका लागि निकै सहज छोटो दुरीको मार्ग हुनेछ।

वर्षातको समयमा नागरिकले यात्रा गर्दा सास्ती खेप्नुपर्ने बाध्यता छ। साना सवारी साधन र ठूला गाडिहरुलाई खुलालु पुल पारर्गन धेरै हैरानी खेप्नु पछ। मोटरसाईकलमा यात्रा गर्दा मोटरसाइकलको कलोज पिलेट जाने समस्याले हैरानी हुने गरेको स्थानीयको भनाई छ। स्थानीय बिक्रम बमका अनुसार यो खण्डमा यात्रागर्दा  जहिले दुःख पाहिने गरेको बताए। उनले भने ‘हरेक नागरिकको लागि यो सडक उपयुक्त छैन्। नागरिकले कहिले सम्म कर्णाली करिडोरमा सास्ती खेप्ने हो। उनले भने साना गाडि देखि ठूला मालबाहाक गाडि पारगर्न धेरै समस्या थपिने गरेको छ। कर्णाली करिडोरको आम्तडाको भरिमा पनी यस्तै समस्या छ।

कर्णाली करिडोर आयोजनाको कार्यालय हुम्लामा राख्दा कालिकोटका नागरिले दुःख खेप्नु परेको छ। प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिका अनुसार कर्णाली करिडोर आयोजनाका प्रमुखलाई यो विषयमा गम्मविर भएर लाग्न सुझाब दिएको बताए।  

अहिले वर्षतको समयमा कालिकोट, बाजुरा, मुगु, हुम्मलाका नागरिकले धेरै खेप्ने गरेका छन् यो करिडोरमा यात्रा गर्दा चार दिन सम्म सडको बास हुने गरेको बाजुराका स्थानीयले बताएका छन्। साना गाडि सवार चालकले ढालमा धेरै यात्रीहरु राख्दा दुर्घनाको जोखिम पनी उतिकै थपिएको छ।

प्रकाशित: १४ असार २०८० ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App