२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

नारायण नगरपालिकामा बिल भरपाईबिनै भुक्तानी

नारायण नगरपालिका दैलेखले बिल भरपाइबिनै दिवा खाजा र पाठ्यपुस्तकको रकम भुक्तानी गरेको पाइएको छ। बिल भरपाइबिनै दिवा खाजाको ५७ लाख ५३ हजार र पाठ्यपुस्तक खरिदको ३२ लाख रकम भुक्तानी गरेको हो।  

 कार्यक्रम कार्यान्वयन पुस्तिका (आ.व.२०७८/०७९) मा विद्यालयगत तथ्यांकका आधारमा विद्यालयहरुलाई बाल विकास कक्षादेखि कक्षा ५ सम्म प्रति विद्यार्थी दैनिक १५ रुपैंयाका दरले विद्यालयलाई अनुदान दिने र विद्यालयको दैनिक हाजरी पुस्तिकाको प्रतिलिपि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापनका समितिका अध्यक्षबाट प्रमाणित गराइ स्थानीय तहमा संकलन गरी संख्या एकिन भएपश्चात मात्रै थप अनुदान दिने व्यवस्था छ।

तर, पालिकाले इएमआइएस मा प्रविष्ट तथ्यांकका आधारमा कक्षगत विद्यार्थीहरुको दिवाखाजा व्यवस्थापन वापत ५७ लाख ७३ हजार निकासा गरेको छ। आइएमआइएस रेकर्डको आधारमा निकासा गरेपनि पालिकाले कुनै अनुगमन नगरेको, दैनिक हाजरी तथा खर्चको बिल, भरपाई समेत पेश भएको छैन। पालिकाले अनुगमन गरी, प्रमाणित हाजीर पुस्तिका पेश गर्न लगाई हाजीर भएका वास्तविक विद्यार्थी संख्यालाई दिवा खाजा खुवाए÷नखुवाएको एकिन गनुपर्नुपर्ने उल्लेख छ।

यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट प्रकाशित कार्यक्रम कार्यान्वयन पुस्तिका विद्यालयका विद्यार्थीहरुका लागि निःशुल्क पाठ्यपुस्तक अनुदान स्वरुप पहिलो  पटकमा विद्यार्थी संख्याको ७५ प्रतिशत संख्यालाई पहिलो चौमासीकमा दिने र शैक्षिक शत्र २०७९ को विद्यार्थी भर्नाको विवरण पाठ्यपुस्तक खरिद र वितरण गरेको विवरणका आधारमा एकिन गरी नपुग हुने रकम मात्र थप २५ प्रतिशतबाट अनुदान दिने व्यवस्था छ।

नगरपालिकाले २०७९ जेठ ५ मा अन्तर्गतका विद्यालयलाई ७५ प्रतिशत २६ लाख २८ हजार र २०७९ असार २० मा २५ प्रतिशत ६ लाख ४४ हजार पाठ्यपुस्तक वापतको रकम निकासा गरेको छ। विद्यार्थीको वास्तविक संख्या एकिन नगरी तथा पाठ्यपुस्तक खरिद तथा भरपाई गरेको कागजात संलग्न नगरी २५ प्रतिशत रकम निकासा गरेकोले उक्त रकम पाठ्यपुस्तकमा नै खर्च भएको भन्ने एकिन छैन। त्यस्तै विद्यालयको नियमित अनुगमन गरी निकासा भएको रकम सम्बन्धित शिर्षकमा खर्च भए नभएको अध्यावधिक विवरण पनि तयार गरिएको छैन।  

भ्रमण खर्च अनियमितता ठहर

सरकारले जारी गरेको भ्रमण खर्च नियमावली, २०६४ अनुसार सरकारी कामको सिलसिलामा आफ्नो कार्यालय भन्दा बाहिर भ्रमण वा काजमा खटिएका पदाधिकारी वा कर्मचारीले भ्रमण खर्च तथा दैनिक भक्ता पाउने उल्लेख छ। नारायण नगरपालिकाको वडाको जनप्रतिनिधि तथा कर्मचारी कार्यालय कामकाज वेगर लुम्वनी, मुस्ताङ, बाग्लुङ, रुकुम पूर्व तथा जाजरकोट अवलोकन भ्रमण गरी चार लाख २२ हजार चार सय २० रुपैंया खर्च गरेका छन्। यो प्रयोजन बेगर भ्रमण खर्च अनयिमत भएको ठहर महालेखा परिक्षकको कार्यालयले गरेको छ।  

प्रकाशित: १३ असार २०८० ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App