जिल्ला प्रहरी कार्यालय जुम्लाले ८ सय ६० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जुम्लाको गुठिचौर गाउँपालिका-५ बस्ने अन्दाजी १९ वर्षीय नरेन्द्र सार्की र अन्दाजी १८ वर्षीय विशाल सार्की छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोली र लागूऔषध ब्युरो सहितको संयुक्त प्रहरी टोलीले जुम्लाको चन्दननाथ नगरपालिका-२ अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको जुगाड खोलाबाट ब्राउनसुगर सहित उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुले सेवन गरिरहेको थिए। नरेन्द्र सार्कीको ज्याकेटको माथिल्लो खल्तिबाट लागूऔषध फेला परेको हो। उनीहरुलाई थप अनुसन्धान भइरहेको छ।
यस्तै शनिबार पनि प्रहरी जुम्लाले तीन जनालाई पक्राउ गरेको थियो। साँझ करिब बेलुका ६ वजे जुम्लाको चन्दननाथ नगरपालिका-४ भारतीबाडामा रहेको राजकली रावतले संचालन गर्दै आइरहेको चिया पसलबाट जुम्ला चन्दननाथ नगरपालिका- ४ बस्ने वर्ष ४८ का खगेन्द्र भण्डारी,सिंजा गाउँपालिका-२ बस्ने वर्ष ४६ का हरेराम खत्री र सिंजा गाउँपालिका-६ बस्ने बर्ष २९ का लाल बहादुर रोकायाले सेवन गरीरहेको अवस्थामा लागु औषध नियन्त्रण व्युरो शाखा सुर्खेतबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले फेला पारेर पक्राउ गरेको हो। उनीहरुबाट ९ सय ३० मिलि ग्राम गाजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रल्हाद कार्कीले बताए। उनीहरुलाई जिल्ला अदालत जुम्लाबाट दिन (चार) को म्यादथप भई थप अनुसन्धान भईरहेको छ।
प्रकाशित: १२ असार २०८० ०६:२२ मंगलबार




