१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बलात्कार गरेको आरोपमा बालक पक्राउ

मोरङको बेलबारीकी युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ परेका छन्।

बेलबारीकी ३० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई आइतबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। युवतीको मानसिक अवस्था कमजोर र राम्रोसँग बोल्न सक्दिनन्।

बेलबारी–१ को लोहोन्द्रा खोलामा लगेर युवतीलाई बलात्कार गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए। पीडित युवतीका आफन्तले बालकविरुद्ध किटानी जाहेरी दिएसँगै बालक पक्राउ परेका हुन्।  

पीडित युवतीको मानसिक स्वास्थ्य अवस्था ठीक छैन भने राम्रोसँग बोल्न नसक्ने बताउँदै, डिएसपी दाहालले भने, ‘बालकलाई नियन्त्रणमा लिएर इप्रका बेलबारी राखी घटनाको थप अनुसन्धान भइरहेको छ। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ।’

प्रकाशित: ११ असार २०८० १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App