२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

कलैया उपमहानगर: नगर सभामा विवाद हुँदा नगर प्रहरीले कुटे सदस्य

नगर प्रहरी र बाहिरको मानिसहरुले नगर सभामा कुटपिट गरेको आरोप लगाउँदै विरोध प्रदर्शनमा उत्रेका नगर सभा सदस्यहरू।

कलैया उपमहानगरपालिका प्रमुखले नगर प्रहरी परिचालन गरेर आफूहरू माथि कुटपिट गराइएको नगर सभा सदस्यहरुले आरोप लगाएका छन्।

बुधबार कलैयाको होटेल करण राजमा सुरु गरिएको ११ औँ नगर सभाको उद्घाटन कार्यक्रममा नगर प्रहरीद्वारा कुटपिट गरिए पछि केही नगर सभा सदस्यहरू त्यसको विरुद्धमा प्रदर्शन गरेका छन्।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले नगर प्रहरी र बाहिरका मानिसहरुलाई सभा हलमा प्रवेश गराएर सदस्यहरुलाई कुटपिट गराएको घटनाले धेरै नगर सभा सदस्यहरू विरुद्धमा उत्रेको कलैया उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेश मण्डलले बताए।

यता कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले नगर सभाको उद्घाटन सत्रमा नगर सभा सदस्यहरुले विरोध गर्नु ठिक नभएको बताएका छन्। 

नगर सभा सदस्यहरुलाई कुनै कुरामा चिन नबुझेमा बन्द सत्रमा विरोध गर्न सक्नुहुन्थ्यो तर उद्घाटन सत्रमै विरोध गरेको कार्य विकास विरोधी भएको तर्क प्रमुख साहले गरे।

नगर प्रहरी र बाहिरको मानिसहरुले कुटपिट गरेपछि सभा हलबाट केही सदस्यहरू नगर सभाको विरोध गरी रहे पनि नगर प्रमुखले नगर सभाको उद्घाटन सत्र जारी नै राखेका छन्।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कलैया उपमहानगरपालिकाको नगर सभामा दुई पक्ष बिच विवाद भएको सुन्नमा आएकोले सुरक्षाको लागि प्रहरी परिचालन गरिएको बताएका छन्। २७ वटा वडाहरू रहेको कलैया उपमहानगरपालिकाको नगर सभा सदस्यहरुमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, वडा सदस्यहरू र कार्यपालिका सदस्यहरू रहेका छन्।

प्रकाशित: ६ असार २०८० १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App