१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

राजभण्डारीविरुद्ध अकुत सम्पत्ति मुद्धा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजभण्डारीले २०५१ माघ ३० देखि २०७९ भदौ ३१ गतेसम्म आर्जन गरिएको सम्पत्तिको स्रोत नखुलेको जनाएको हो।  

अख्तियारले त्यस अवधिमा राजभण्डारीको ३ करोड ८५ लाख ५१ हजार ७ सय ४० रूपैयाँको स्रोत खुलेको जनाएको छ। तर, अख्तियारले तीन करोड ५६ लाख २९ हजार ४६ रूपैयाँको स्रोत खुल्न नआएको दाबी गरेको छ। राष्ट्रय सेवक कर्मचारीको पदमा बहाल रहँदा अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुको साथै मानसिव कारणविना अमिल्दो र अस्वभाविक जीवनयापन गरेको आरोप पत्रमा उल्लेख छ। 

प्रकाशित: ५ असार २०८० ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App