६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रातो हाब्रे संरक्षणमा जुम्लाका स्थानीय

तातोपानीमा अवस्थित नदै सामुदायिक वनमा भेटिएको रेडपाण्डा। तस्बिर: गोल्डेन बुढा

केही वर्ष यता जुम्लाका स्थानीयहरु रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जुटेका छन्। जुम्लाका तीन गाउँपालिकाका स्थानीयहरु रेडपाण्डा संरक्षण गर्न तिर लागि परेका हुन्।

सिंजा गाउँपालिका-२ को विष्टवाडा,तातोपानी गाउँपालिकाको-४ गिडी खोला र ८ मुछाली बुढावाडा र पातारासी गाउँपालिका-७ पट्मारा गाउँका स्थानीय रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जुटेका छन्।

विश्वमा दुर्लभ अवस्थामा रहेको हाब्रे हिमाली क्षेत्रमा समुन्द्र सतहको २ हजार २ देखि ४ हजार ८ सय मिटर उचाइ भएको भोजपत्र, सल्ला, गुराँसको वनमा भेटिन्छ।

सियालामुल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृता खत्रीका अनुसार गाउँ आसपासमै रातो हाब्रे भेटिन्छ। संरक्षका लागि गाइबस्तु, भेडाबाख्रा चराउन जाने स्थानीयलाई पनि सचेत गरिएको छ।

रेडपाण्डालाई सरंक्षण गर्ने पहिलो आधार भनेको बन जंगल हो, पातारासी-७ का वडाध्यक्ष विरबहादुर बुढाले भने,वनलाई बचाउन सके आर्थिक उपार्जनसँगै, वन्यजन्तु संरक्षण र चोरी सिकारी कम गर्दै पर्यटनलाई अघि बढाउन सकिने देखिन्छ। कर्णालीमा रातोहाब्रेको ४३ प्रतिशत बासस्थान छ। यसलाई आर्थिकसँग जोड्नका लागि पर्यटनमा विशेष जोड लिनुपर्ने उनी बताउँछन्।

नदै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मक्क दुल शाहीले गत भदौ महिना रातो हाब्रे (रेडपाण्डा)  भेटिएको बताए। पहिला घर आगनमै आउने रातो हाब्रे अहिले कहिलेकाही मात्र देखिने गरेको उनी बताउँछन्।

बढ्दो जनसंख्या र वनजंगल फडानीले रेडपाण्डा लगायत वन्यजन्तुको संरक्षण हुन सकेको छैन। उनले भने,'वन्यजन्तु बाच्ने पहिलो आधार जैविक विविधता अर्थात् प्राकृतिक सम्पदा जल, जमिन, जडीबुटी भएकाले रेडपाण्डा संरक्षणसँगै वन बचाउनु अहिलेको आवश्यकता हो।' बढ्दो जनसंख्या र वनजंगल फडानीले रेडपाण्डा लोप हुँदै गएको बुढापाकाहरु बताउँछन्।

रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि ०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ। कुनै पनि वन्यजन्तुलाई चोरी शिकारी गर्नु नीति विपरीत हो।रेडपाण्डाको चोरी शिकारीमा संलग्नलाई १ वर्षदेखि १० वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। हाल नेपालमा ५ सयमात्रै रेडपाण्डा छ। ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ। रेडपाण्डका लागि आवश्यक आहारा निगालो तथा पालिंगो, टोट्का परेका रुख कर्णालीमै पर्याप्त छन्।  

प्रकाशित: ३ असार २०८० ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App