४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माण हुने

भक्तपुर नगरपालिकाले पुरानो नगरपालिका भवन रहेको थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि बढाउने भएको छ।  

बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिले थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि बढाउने बताएका हुन्।

प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धेरै महत्वपूर्ण सम्पदाहरु पुनःनिर्माण भइसकेको बताउँदै यो वर्ष भक्तपुर नपाको पुरानो नगरपालिका भवन रहेको थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि बढाउने योजनाअनुरुप बहुवर्षीय योजनाको रुपमा समावेश गरिएको बताए।

थन्थु दरबार उत्खनन्का क्रममा भेटिएका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरुको दस्तावेजीकरणमा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले थन्थु दरबारलाई पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्न समिति प्रतिबद्ध रहेको बताए।  

प्रकाशित: ३२ जेष्ठ २०८० १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App