६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मनसुन भर्खरै मधेसका पूर्वी क्षेत्र र पोखरा आसपासमा, पश्चिम नेपाल पुग्न समय लाग्ने

फाइल तस्बिर

नेपालमा मनसुन भित्रिएपनि पश्चिम नेपालमा अझै पुग्न सकेको छैन्। बुधबार एक दिन ढिला गरेर नेपालमा भित्रिएको मनसुन अझै पश्चिम नेपालसम्म पुग्न समय लाग्ने देखिएको हो।

मौसम पूर्वानुमा महाशाखाका मौसमविद् सन्जीव अधिकारीले अहिले पोखरा आसपासका क्षेत्रहरुमा मनसुन पुगेको र पश्चिम नेपालमा मनसुन पुग्न अझै समय लाग्ने बताए।

उनले भने,‘पोखरा आसपासका क्षेत्रहरुमा मनसुन पुगेको देखिन्छ। त्यो भन्दा पश्चिम क्षेत्रमा गएको छैन्। तराईमा मधेस प्रदेशका पूर्वी भू भागहरुमा मनसुनले छोएको छ भने पश्चिम भू–भागहरुमा मनसुन जाँन बाँकी छ। बागमती र गण्डकीको तराइ–भूभागहरुमा पनि मनसुन पुगिसकेको छैन्।

बर्षायाममा नियमित पानी पार्ने प्रणालीलाई ‘मनसुन’ भनिन्छ। यो सधै बंगालको खाडी भारत हुदै पूर्वी नेपालबाट भित्रिने गर्छ। बर्षायामको बर्षा मनसुनको सक्रियता र निस्क्रियतामा भर पर्छ। मनसुन सक्रिय भयो भने धेरै पानी पर्छ भने निस्क्रिय हुँदा कम पानी पर्छ। सक्रिय मनसुन नेपाल पुग्न धेरै समय लाग्दैन्। सामान्यतया मनसुन पश्चिम नेपाल पुग्न एक साता लाग्ने मौसमवीदहरुले बताउँदै आएका छन्।

उनका अनुसार कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग र गण्डकीका पूर्वी भू–भागहरुमा मनसुनले छोएको छ। अधिकारीले अझै एक/दुई दिन मनसुन अगाडि बढ्ने अवस्था नरहेको बताए। एक/दुई दिन पछि मात्र मनसुन पश्चिम क्षेत्रमा बढ्ने उनको भनाइ छ।

अहिले नेपालमा भएको मनसुन मध्यम खालको रहेको उनले बताए। पहाडी भू–भागहरुमा राम्रै वर्षा भइरहेको र अझै एक÷दुई दिन वर्षा हुने देखिएको छ। नेपालमा अहिले नै सक्रिय मनसुन भने भएको छैन्।

यो वर्ष सरदर भन्दा कम बर्षा हुने उनले बताए। ‘पानीनै पर्दैन खडेरी पर्छ भन्ने होइन्। तर सरदर भन्दा कम बर्षा हुन्छ।  सामान्य सरदर भन्नाले २ हजार मिलीमिटर हो। तर यो वर्ष त्यो भन्दा कम वर्षा हुने देखिएको छ’ मौसमवीद् अधिकारीले भने।

प्रकाशित: ३२ जेष्ठ २०८० ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App