१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।

मंगलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युम पाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५-३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका-१४ छाब्दी निवासी रहेको बताए। उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनले भने,‘लगभग सनाखत भएको छ, एकजनालाई अनुसन्धान गरिरहेका छौं। पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौ।’

अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताए। बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेला परेकी थिइन्। उक्त बाटो हिंडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: ३१ जेष्ठ २०८० ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App