८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

रौतहट र सर्लाहीका दुई घरमा आगलागी

फाइल तस्बिर।

गर्मी र तातोले सबै रेकर्ड ब्रेक गरिरहँदा रौतहट र सर्लाहीमा आगलागीका घटनाहरु बढी रहेका छन्। रौतहट र सर्लाहीमा एक एक घरमा गरी दुई घरमा आगलागी भएको छ।

आइतबार रौतहट सदरमुकाम गौर नगरपालिका ४ मा राजी बैठाको घरमा आगलागी भएको हो। अत्यन्त चर्को घामको बेला भएको आगलागीलाई गौर नगरपालिकाको वैकल्पिक वारुण यन्त्रको सहायताले नियन्त्रणमा लिइएको छ।

सुख्खा मौसमको कारण बैठाको घरमा आगलागी भएको बताइएको छ। आगलागीबाट बैठाको घरको गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

स्थानीयवासी, नेपाल प्रहरी तथा गौर नपाको वैकल्पिक वारुणयन्त्रसहित कर्मचारीहरुको सहयोगमा आगो नियन्त्रणमा आएको र थप जनधनको क्षति हुन नपाएको नगर प्रमुख शम्भु साहले जानकारी गराए।

यसै गरी सर्लाहीको हरिवन नगरपालिका ६ घुर्कौलीमा विद्युत् सर्ट भएर अरुण महतोको घरमा आगलागी भएको छ। आगलागीबाट महताको घरको सम्पूर्ण सामग्री नष्ट भएको छ। आगलागीले बिचल्लीमा परेको परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ।

विभिन्न संघसंस्थाहरुले महतोलाई अत्यावश्यक न्यूनतम सहयोग दिन सुरु गरेका छन्।

प्रकाशित: २८ जेष्ठ २०८० १२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App