५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

तराईमा तातो हावा चल्ने, अन्य क्षेत्रमा कस्ताे छ माैसम अवस्था ?

केही दिनदेखि तराईका जिल्लामा चलिरहेको तातो हावाको क्रम आज पनि जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ। त्यसबाट बच्न महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।  

महाशाखाका अनुसार हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका केही भागमा भने हल्क वर्षाको सम्भावना रहेको छ।  

आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै महाशाखाका अनुसार आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्

तराईमा अझै ५ दिन तातो हावा 'लु' चल्ने

यो पनि पढ्नुहोस्

अझै पाँच दिन तातो हावा चल्ने, घरभित्रै बस्न महाशाखाकाे सुझाव

यो पनि पढ्नुहोस्

यसपालि तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

प्रकाशित: २७ जेष्ठ २०८० ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App