८ वैशाख २०८१ शनिबार
समाज

अठार लाख रुपैयाँसहित सर्लाहीबाट चार जना पक्राउ

सर्लाही प्रहरीले स्रोत नखुलेको अवैध १८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

सर्लाहीको हरिवन नगरपालिका-११ बाट इलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा १८ लाख अवैध रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ बसामाडीका हेमराज विश्वकर्मा, खोटाङको रावावेशी गाउँपालिका-४ का विमल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका-४ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने मौसम मग्राती र सर्लाहीको बागमती नगरपालिका-१ का दीपक तामाङ रहेका छन्।

चारै जना सवार बागमती प्रदेश ०१–०२६ च ०२९९ नम्बरको कारलाई चेक जाँच गर्ने क्रममा गाडीको पछाडिपट्टिको डिकीमा राखिएको कालो रंगको झोलामा १८ लाख फेला परेको प्रहरीले जनाएको छ। झोलामा एक हजार दरका एक सय नोट १८ बिट्टोमा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

सवारी साधन र रुपैयाँसहित चारै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: २४ जेष्ठ २०८० १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App