coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तराईमा अझै ५ दिन तातो हावा 'लु' चल्ने

फाइल तस्बिर

तराईमा अझै ५ दिन तातो हावा 'लु' चल्ने  सम्भावना देखिएको छ।

बुधबार महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भू-भागमा आगामी पाँच दिनसम्म तातो हावा  'लु' चल्ने बताएको हो।

महाशाखाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सुझाव समेत दिएको छ। नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने हुँदा  गर्मी अझै बढ्ने महाशाखाले जनाएको छ।  

तातो हावा लु चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने समस्याहरुले देखिन सक्ने महाशाखाले जनाएको छ।  

लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउन महाशाखाले अनुराध गरेको छ।  

प्रकाशित: २४ जेष्ठ २०८० १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App