७ वैशाख २०८१ शुक्रबार
समाज

चौरासी गरेका वृद्धवृद्धालाई नगरपालिकाबाट २५ हजारसहित सम्मान

अर्घाखाँचीको शितगंगा नगरपालिकाले चौरासी पुजा गरेका वृद्धवृद्धाहरुलाई नगद २५ हजार सहित सम्मान गरेको छ। नगर भित्रका चौरासी पुजा गरेका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप नगरले नगदसहित सम्मान गरेको हो।

जनप्रतिनिधीहरु निर्वाचित भएपछी नगर कार्यपालिकाको पहिलो बैठकले चौरासी पुगेका नगरवासीलाई नगद सहित सम्मान गर्ने पहिलो निर्णय गरेको थियो। निर्णय गरेको एक वर्षपछी नगरले निर्णय कार्यन्वयन गरेको हो। शितगंगा नगरपालिका वडा नम्बर ३ बाट सुरु गरिएको सम्मान कार्यक्रममा अहिलेसम्म ३१९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलले जानकारी दिए।

नगरप्रमुख पौडेल सहित उपप्रमुख गिता भाट, प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनाल लगायत सम्बन्धित वडाका अध्यक्षले घरमै पुगेर नगद सहित सम्मान गर्दा यहाँका ज्येष्ठ नागरिक हर्षित छन्। शितगंगा १३ का सोमलाल भाट क्षेत्रीले गत माघमा चौरासी पुजा गरेका थिए। सम्मान कार्यक्रम लिएर उनको घरमा नगरको टोली पुग्यो। खादा, अबिर र २५ हजार नगद हातमा थमाउँदा उनि आश्चर्यमा परे। नगरपालिकाबाट नीति नै बनाएर ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेको थाहा पाएपछी उनी खुशी भए। वृद्धवृद्धाहरुको सम्मान गरेको भन्दै उनले नगरपालिकालाई धन्यवाद दिएका छन्।

वडा मार्फत तथ्याङ्क संकलन गरेर नगरको टोली घरमै पुगेर नगदसहित सम्मान गर्ने कार्यक्रम अगाडी बढेको प्रमुख प्रशासकिय अधिकृत खनालले बताए। सुरुमा ६० लाख छुट्टाइएको र पछी २० लाख थपेर ८० लाख रुपैंया विनियोजन गरी वितरण गरिएको उनले बताए।

प्रकाशित: २४ जेष्ठ २०८० १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App