१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किसानलाई निशुल्क जैविक विषादी वितरण

किसानहरुलाई निशुल्क जैविक विषादी वितरण गर्दै।तस्विर : नागरिक

सुर्खेतमा किसानहरुलाई जैविक निशुल्क विषादी वितरण गरिएको छ।समृद्धि एग्रो सोलुशन सुर्खेतले एक सय जना कृषकलाई जैविक बिषादी बितरण गरेको हो।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको समन्वयमा ९ नम्वर वडामा रहेको सानाकिसान कृषि सहकारी मार्फत संचालित पिजिएस कृषक पाठशालामा ३० जना, सोही वडाको फौजिकिरा आईपिएम कृषक समुहमा ३० जना र मनिकापुर कृषक बहुमुखी सहकारी संस्थाका ३० जना र अन्य १० जना कृषकलाई निममा आधारीत जैविक बिषदी बितरण गरिएको समृद्धि एग्रो सोलुशन सुर्खेतका निर्देशक यामप्रसाद शर्माले बताए।

वातावरणमा सबैभन्दा बढी हानि बढ्दो बिषादी प्रयोगको कारण भएकोले रासायनिक बिषादीको प्रयोग कम गरि वातावरणलाई सुरक्षित र मानव जिवनमा समेत सुरक्षित बनाउन जैबिक बिषादीको प्रयोग गर्नुपर्ने निर्देशक शर्माले बताए।

कृषकलाई जैविक बिषादीको बारेमा जनचेतना फैलाउने उद्देश्यले कृषकहरुलाई बितरण गरिएको निर्देशक शर्माले बताए।बिरेन्द्रनगर नगरपालिका सुर्खेत कृषि बिकास शाखा  प्रमुख हेमराज केसीले समृद्धि एग्रो सोलुशनले ब्यवसायीक मात्र नभई समाजमा जनचेतना फैलाउने काम गरेकोमा आभार ब्यक्त गरे।

प्रकाशित: २४ जेष्ठ २०८० १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App