१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सुनकोशीमा बेपत्ता जिप सहित दुई शव फेला

सुनकोशी नदीमा खसेको सिटिइभिटीका कर्मचारी चढेको गाडी फेला परेको छ। सुनकोसी स्थित अन्दाजी ३० फिट गहिराइबाट गाडी निकालिएको हो।

गाडी सहित दुई जनाको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारी निकालेको स्थानीयले जनाएका छन्। प्रहरीका अनुसार गाडी भित्रै दुई जना कर्मचारीको पनि शव पनि फेला परेको छ। 

गत शुक्रबार गोलन्जोर गाउँपालिका–७ लौकुन भन्ने स्थानबाट बा १ झ ७४६७ नम्बरको गाडी सुन्कोसिमा खसेको थियो।

गाडीमा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, विद्युत् प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको प्रहरीले जनाएको छ। अर्का एक जनाको शव अझै फेला नपरेको स्थानीयले जनाएका छन्।

गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरी घाइते अवस्थामा पौडिएर निस्किएका थिए। दुर्घटना भएपछि बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको टोली पाँच दिन देखी सुनकोसिमा निरन्तर परिचालित थियो।

प्रकाशित: २३ जेष्ठ २०८० १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App