६ वैशाख २०८१ बिहीबार
समाज

चर्चामा आउन सडक अनुगमन गरेका होइनौँः भौतिकमन्त्री ज्वाला

फाईल तस्बिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभइ दिगो र कार्यान्वयन गर्नेगरी सडक अनुगमन गरिरहेको बताएका छन।

आज भौतिक तथा पूर्वाधारमन्त्री ज्वालाले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि  बसुन्धरासम्मको सडकको स्थलगत निरीक्षण गर्ने क्रममा यस्तो कुरा बताएका हुन। उनले  कंलकीदेखि बसुन्धरासम्मको सडक निर्माणमा देखिएका समस्या स्थलगत निरीक्षणबाट समाधान खोज्नको लागि चीनियाँ राजदुत,आयोजना प्रमुखसहित अनुगमन गरिएको बताए।

मन्त्री ज्वालाले कलंकीदेखि महाराजगञ्जसम्मको ८.२ किमि सडक खण्ड बिस्तार गर्न कुनैपनि समस्या नदेखिएको बताए। उनले सडक निर्माण गर्न सडकको दुवैतर्फ कुनैपनि समस्या नदेखिएकाले चाँडै डिपिआर तयार गरेर ठेक्का प्रक्रियामा जाने बताए। उनले कंलकीदेखि बसुन्धारासम्मको रिङ रोड सडक खण्डको दोस्रो चरणको निर्माण चीन सरकारको अनुदानमा बन्न लागेको बताए।

मन्त्री ज्वालाले उक्त खण्डमा ढुङगेधारा, गोगबु र बसुन्धारामा अण्डर ग्राउण्ड पास आवश्यकता देखिएकाले चीन सरकारसँग सहमति गरेर तीन ठाउँमा अण्डरपास बनाउने सहमति समेत भएको बताए। मन्त्री ज्वालाले कंलकीदेखि बसुन्धरासम्म ८ लेनको फराकिलो सडक निर्माण अब तत्काल अगाडि बढ्ने आशा जगाएको बताए।  

उनले आफु मन्त्री भएर आएपछि अनुगमन गरिसकेका सडक निमाण प्रक्रिया ढिला भएका आयोजनाहरुको कामको प्रगति तिब्र रुपमा बढेको बताए। उनले राजधानी जोड्ने सडकहरु वर्षा याममा बन्द नहुने गरी सरकारले पूर्वतयारी गरिरहेको बताए। 

सडक अनुगमनमा नेपालका लागि चिनियाँ राजदुत  सोङ,भौतिक मन्त्रालयका सचिव केशव शर्मा,आयोजना प्रमुख लगायतको सहभागिता रहेको थियो। यसअघि कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म सडक बिस्तार गरेको चिनियाँ पक्षले दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धरासम्म सडक बिस्तारका लागि तयारी थालेको हो। तयारीसँगै सडक वरपर मिचेर बनाइएका संरचना हटाउनाका साथै निर्माणस्थलसमेत खाली गरिसकेको छ।  

प्रकाशित: २३ जेष्ठ २०८० १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App