१५ चैत्र २०८० बिहीबार
समाज

विराटनगर भन्सारको पार्किङमा एक जना मृत भेटिए

क्याप्शन

विराटनगर भन्सारको गोदामको पार्किङमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्।

विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गोदाम अगाडि पार्किङ गरी राखेको ट्रकको मुनि सोही ट्रकका सह-चालक मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ।

सोमबार बिहान पार्किङ गरी राखेको युपी २१ बिएन ३२२१ नम्बरको मालवाहक ट्रकका सहचालक भारतको मर्ददवार कमलपुरका ५५ वर्षीय सोनु सोत मृत अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

बिहान हेर्दा पार्किङ गरेको आफ्नै ट्रक मुनि मृत अवस्था सोतलाई देखेपछि प्रहरीलाई खबर गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘कसरी घटना भयो ठ्याक्कै भन्न सक्ने अवस्था छैन। आफ्नै ट्रक मुनि लडेको अवस्थामा शव फेला परेको थियो। शरीरको बाहिरपट्टी हेर्दा टाउकोमा चोट लागेको देखिन्छ।’ 

भारत फर्कंनै क्रममा त्यहाँ ट्रक पार्किङ गरेको रहेछ। ट्रकको माथि चढ्दा चिप्लेर लडेर मृत्यु पनि हुनसक्ने बताउँदै, डिएसपी दाहालले भने, ‘त्यहाँ रहेको सिसी क्यामेराले काम नगर्ने भएको हुँदा घटना कसरी भयो भन्ने थाहा पाउन सकिएन। ट्रक चालक र अन्य व्यक्तिसँग सोधखोजका साथै अनुसन्धान भइरहेको छ।’

शव पोष्टमार्टका लागि कोशी अस्पताल लगिएको र घटनाको अनुसन्धान थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०८० १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App