७ वैशाख २०८१ शुक्रबार
समाज

वातावरण संरक्षण र संवद्र्धन गर्न जरुरीः मन्त्री महतो

वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताएका छ।  

आज विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले  प्रदुषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गरे। मन्त्री महतोले सबै नेपाली नागीरकहरुले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको बताए। उनले अहिले विश्वको चुनौती भनेको जलवायु परिवर्तनको निर्मुल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताए। उनले हरेक नेपालीहरुले आफ्नो जन्मदिनमा एक बिवा रोप्दै जाने हो भने देश हराभरा हुने जानकारी गराए।  

मन्त्री महतोले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताए।  

 

प्रकाशित: २२ जेष्ठ २०८० ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App