coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दलित आयोगमा ४२ उजुरी

फाइल तस्वीर

चालु आर्थिक वर्षमा राष्ट्रिय दलित आयोगमा जातीय विभेद तथा हिंसाका ४२ वटा उजुरी परेको राष्ट्रिय दलित आयोगले जनाएको छ। आइतबार अठारौं जातीय उन्मूलन घोषणा दिवसका अवसरमा आयोगले आफ्नो कार्य विवरण सार्वजनिक गरेको हो।

उजुरी जातीय छुवाछुत तथा विभेद, दलित हक अधिकारको प्रयोगविरुद्ध हत्या, हिंसा, गालीगलौज, बहुविवाह, अन्तरजातीय विभेद, जातीय विभेदका कारण डेरा नपाएको, सामाजिक स्थानमा प्रवेश रोक, सार्वजनिक वस्तु तथा सेवा उपयोगमा विभेद, दलित छात्रवृत्तिमा हिनामिनालगायतका घटनाजन्य रहेका छन्। यो अवधिमा जातीय विभेदसम्बन्धी घटना अनुगमन गरी ४३ वटा जिल्लामा कारबाहीका लागि सिफारिस गरेको जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०८० ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App