२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम

जीवनका लागि आवश्यक पृथ्वीका भौतिक तथा जैविक प्रणालीका निर्दिष्ट सीमारेखाहरू पार हुँदैगर्दा सोमबार विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्तराष्ट्रसंघको आह्वानमा ५० वर्षदेखि जुन ५ मा मनाइँदै आइएको यो दिवस यस वर्ष प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा केन्द्रित छ। पछिल्ला वर्षमा सार्वजनिक सबैजसो वैज्ञानिक अध्ययनर आकलनले मुख्यरूपमा मानवीय गतिविधिका कारण मानव अस्तित्वसमेत संकटोन्मुखरहेकोर समग्र प्राकृतिक प्रणाली फर्कन नसक्ने बिन्दुतर्फ धकेलिएको देखाएका छन्।

उत्तरी ध्रुवीय आर्टिक क्षेत्रमा पृथ्वीमा हुने सरदर तापमान वृद्धिको तुलनामा ४ गुणा बढी दरमा तापमान वृद्धि हुँदा सन् २०५० भित्रकै गर्मी याममा यो क्षेत्र हिउँविहीन हुनसक्नेर त्यसपछि यसलाई पूर्ववत स्थितिमा फर्काउन नसकिने वैज्ञानिकको आकलन छ। हिउँको विशाल तह बोकेको ग्रिनल्यान्डमा पछिल्ला हरेक दशकमा खर्बाै टन हिउँ पग्लेको छ। ग्रिनल्यान्डमा जमेको पानी पग्लेको अवस्थामा यसले समुद्र सतहलाई ७ मिटर बढाउन सक्ने क्षमताराख्छ। उत्तरीदेखि दक्षिणी ध्रुवसम्मर ग्रिनल्यान्डदेखि हिमालय क्षेत्रमारहेको हिउँर त्यसमा भैरहेको ह्रासले दुरगामी प्रभाव निम्याउने प्रष्ट छ। यी प्रक्रियासँग सामुद्रिक क्षेत्रमा प्राकृतिक हिसाबले प्रवाह हुने चिसो तथा तातो हावा तथा समुद्र सतहको बढोत्तरीसमेत जोडिएको छ। वैज्ञानिकका अनुसार प्राकृतिक स्रोतसाधनको चर्काे दोहन, हरितगृह ग्यासको अत्यधिक उत्र्सजन, प्रदूषण, वन विनाशलगायतका मानवीय गतिविधिका कारण एकआपसमा जोडिएका प्रणाली बिथोलिएका छन्। मानव अस्तित्वरक्षाका लागि स्थिरर संकट थेग्न सक्ने पृथ्वी आवश्यकरहे पनि यो अस्थिरर संकट थेग्न नसक्ने अवस्थामा पुगेको छ।

गत साता प्रसिद्ध नेचर जर्नलमा प्रकाशित विश्वका ३२ वैज्ञानिकको एक अध्ययनअनुसार सुरक्षित जीवनका लागि आवश्यक पर्ने पृथ्वीका ८ जैविक तथा भौतिक सीमारेखाहरू (प्लानेटरी जिओ–फिजिकल वाउन्ड्रिज) मध्ये ७रेखा पार भइसकेका छन्।वातावरण वैज्ञानिक जोनरकस्ट्रोमको नेतृत्वमा गरिएको यो अध्ययनमा जलवायु, प्राकृतिक पारिस्थितिकीय प्रणाली क्षेत्र, पारिस्थितिकीय प्रणालीका लागि आवश्यक कार्यात्मक अखण्डता, पृथ्वीको सतहमाथिरहेको पानी, जमिनमुनिको पानी, नाइट्रोजन, फस्फोरसर एरोसोल (वायुमण्डलका सूक्ष्म कण) गरी ८ आधारभूत सीमारेखाको समीक्षा गरिएको छ।

यसअघि सन् २००९ मा तोकिएका ८ सीमारेखामा हाल आएर वातावरणीय न्यायर समानताको विषयसमेत समावेश गरी ९ वटा कायम गरिएको छ। सीमारेखा पार गर्दा पृथ्वीर जीवनका लागि खतरा निम्तिने हिसाबले वैज्ञानिकले समीक्षात्मक अध्ययन गरेका हुन्। वैज्ञानिक हिसाबले परिभाषित सुरुका ८ सुरक्षा सीमारेखामध्ये वायु प्रदुषण (एरोसोल) बाहेकका अन्य ७ वटाले सुरक्षा सीमा पार गरिसकेका छन्। त्यसैले पृथ्वी ‘खतरापूर्ण क्षेत्र (डेन्जर जोन)’ मा प्रवेश गरिसकेकोछ।अनुसन्धानकर्ताले १.५ डिग्रीको तापमान वृद्धिदर हासिल भएको अवस्थामा पनि विश्वका धनी मुलुकहरूले आफूलाई सुरक्षितराख्न सके पनि अत्यन्त जोखिममारहेका देशर समुदायलाई ठूलो नोक्सानी पुग्ने बताएका छन्। अध्ययनमा सहभागी वैज्ञानिकले यो अवस्थामा २० करोड सर्वसाधारण अत्यधिक तापमान वृद्धिको चपेटामा पर्नेर समुद्र सतहमा हुने वृद्धिले ५० करोड मानिस दीर्घकालीन जोखिममारहने बताएका छन्।

प्रतिवेदन सार्वजनिक गर्नेक्रममा आयोजित पत्रकार सम्मेलनमा अर्थ कमिसनकी उपाध्यक्ष तथा अध्ययनमा सहभागी अमस्र्टरडम विश्वविद्यालयकी वैज्ञानिक जोयिता गुप्ताले मानिसले हरेक वर्ष स्वास्थ्य जाँच गरेजस्तै पृथ्वीको जाँच गर्ने हो भने चिकित्सककले ‘पृथ्वी साच्चै बिरामी परेकोर यसका आधारभूत प्रणालीका विभिन्न अंगमा खराबी उत्पन्न भएको बताइन्। यसैकारण मािनससमेत नराम्ररी प्रभावित भएको प्रतिक्रिया उनले दिएकी थिइन्।

विद्यमान आर्थिक प्रणालीको ढाँचा नै समस्याको कारणरहेको बताउँदै वैज्ञानिकहरूले दिगो विकास यात्रामा अगाडि बढ्न तथा हरित आर्थिक वृद्धिलाई बढवा दिन विश्व समुदाय गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। अनुसन्धानकर्ताले निष्कर्षमा भनेका छन् ‘यो अहं प्रश्नको उत्तरका लागि सोधकर्ताका फरकराय हुन सक्छन् तर यो नतिजाले हामीसँग खेर फाल्ने समय छैन भनेको छ।’युक्तराष्ट्रसंघीय विश्व मौसम संगठन (आइएमओ) ले ३ साताअघि सार्वजनिक गरेको एक प्रतिवेदनले पृथ्वीको तापमान अपेक्षा गरेभन्दा अत्यधिक स्तरमा बढेको देखाएको छ। यो शताब्दीको अन्त्यसम्म औद्योगिकीरणको युगभन्दाअघिको तुलनामा तापमानको सरदर वृद्धिलाई सकेसम्म १.५ डिग्रीमा सीमितराख्न खोजिए पनि आगामी ५ वर्षमै यो स्तरको तापमान वृद्धि हुने उक्त अध्ययन प्रतिवेदनको आकलन छ।

प्रतिवेदनका अनुसार अत्यधिक कार्बन उत्सर्जनर नियमित हिसाबले समुद्र सतहमा हुने तापक्रम वृद्धिका कारण सन् २०२३ देखि २०२७ को कुनै एक वर्ष १.५ डिग्री सेन्टिग्रेडले तापक्रम बढन सक्ने देखिएको छ। जलवायु परिवर्तनका कारण विश्वमा तातो हावा, बाढीपहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी, डढेलो, डुबानलगायतका विपद बढ्दो क्रममा छन्। तापक्रममा भएको यो तीव्र वृद्धिले विश्व समुदायले अझ धेरै विपद्को सामना गर्नुपर्ने, विषम मौसमी घटनाहरूको पुनरावृत्ति हुनेर त्यसले गर्ने असर ह्वात्तै बढने देखिएको छ। सन् २०३० देखि २०४० को अवधिमा सामना गर्नुपर्ने भनिएका जलवायुजन्य विपद्हरू यही दशकमा भोग्नुपर्ने अवस्था सिर्जना भएको ठहर वैज्ञानिकहरूको छ।वातावरणर जलावायु संकटका सन्दर्भमा संयुक्तराष्ट्रसंघका महासचिव एन्टिनिओ गुट्रेसले हालै आइपिसिसीको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ‘क्लाइमेट टाइमबम’ लाई निष्क्रिय पार्न विश्व एक ठाउँमा उभिनुपर्ने बताएका थिए। ‘विश्वका हरेक देश समस्या समाधानको अंग हुनुपर्छ। अर्काेले पहिलो पाइला चाल्नुपर्छ भन्ने ठान्दा मानवता अन्तिम अवस्थामा पुग्छ,’ गुट्रेसले भनेका थिए।

प्रकाशित: २२ जेष्ठ २०८० ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App