३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकारका लागि गेष्ट हाउसमा ५० प्रतिशत छुट

चितवन – उद्योग वाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा पत्रकारका लागि ५० प्रतिशत छुट दिइने भएको छ । 

नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा एसिसहितका पाँचवटा र एसिरहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा पत्रकारलाई ३० प्रतिशत छुट दिइँदै आएको थियो । 

नेपाल पत्रकार महासङ्घ चितवन शाखाको नवनिर्वाचित कार्यसमिति र पार्षदका लागि आज आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रममा सङ्घका अध्यक्ष राजन गौतमले सो घोषणा गरेका हुन् । सो अवसरमा उनले समाचार सङ्कलन गर्न देशका जुन कुनै कुनाबाट चितवन आउने पत्रकारलाई सो सुविधा प्रदान गरिने बताए । 

पार्किङसहितको सो गेष्ट हाउसमा रहेका एसि कोठालाई रु एक हजार ५०० देखि रु एक हजार ७५० सम्म र एसि नभएका कोठालाई रु नौ सय भाडा लिने गरिएको छ । उक्त सुविधासँगै बाहिरी जिल्लाबाट चितवन आउने पत्रकार प्रत्यक्ष रुपमा लाभान्वित हुने पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा बताउँछन् । रासस 

प्रकाशित: १८ चैत्र २०७३ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App