७ वैशाख २०८१ शुक्रबार
समाज

झोले संस्थालाई सहयोग दिन्नौं: मेयर थापा

भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकामा पैसा माग्न धेरै संघसंस्था आउने गरेको बताउँंदै झोले संस्थालाई पैसा नदिने बताएका छन्।

मानबीय आस्था नेपालद्धारा आयोजित सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको महिला उत्प्रेरणात्मक तथा अभिमुखीकरणको  समापन कार्यक्रममा मेयर थापाले विल मिलाएर पैसा खान खोज्ने संस्थाहरुलाई सहयोग गर्न नसकिने बताए।मेयर थापाले मानवीय आस्था जस्ता काम गर्ने संस्थालाई भने रकम दिने घोषणा गरे।  

मानबीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जित, महासचिव एवं कार्यक्रम संयोजक उतरा नेपाल लगायतले मानवीय आस्था नेपालले भूकम्प लगायतका विविध समस्यामा परेका नगरबासीहरुलाई सहयोग गर्दै आएको चर्चा गरे। कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा संस्थाले दिएको तालिम कार्यक्रमका प्रशिक्षकहरुलाई पनि प्रशंशा पत्र प्रदान गरेको थियो।  

प्रकाशित: २० जेष्ठ २०८० ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App