१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

घटेन गर्मी, थपियो बिदा

फाइल तस्बिर।

विराटनगरको तापक्रम नघटेपछि विराटनगर महानगरपालिकाले दुई दिनलाई दिएको विद्यालय बिदा लम्ब्याएको छ।

नगरप्रमुखको संयोजकत्वमा शनिबार बसेको सरोकारवालाहरूको बैठकले विराटनगरका विद्यालयमा तीन दिन बिदा थप गर्ने निर्णय गरेको विराटनगर महानगरपालिकाले जनाएको छ।

अत्यधिक गर्मी हुन थालेपछि विराटनगर महानगरपालिकाले जेठ १७ गते महानगर क्षेत्रका सार्वजनिक तथा संस्थागत विद्यालयहरू जेठ १८ र १९ गते दुई दिन बिदा दिने निर्णय गरेको थियो। तर, शनिबार सम्म पनि गर्मी नघटेपछि विराटनगर महानगरपालिकाले तीन दिन बिदा थप गरी जेठ २३ गतेसम्मलाई विद्यालय बिदा दिने निर्णय गरेको हो।

जल तथा मौसम विज्ञान विभागले अझै केही दिन तराई क्षेत्रमा तातो हावा चल्ने तथा लू लाग्ने सम्भावना रहेको जानकारी दिएका कारण लू लाग्नबाट विद्यार्थीलाई बचाउन थप तीन दिन विद्यालय बिदा दिने निर्णय गरिएको विराटनगर महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

जल विज्ञान र मौसम विज्ञान विभागका अनुसार शनिबार विराटनगरको तापक्रम ३८.४ डिग्री सम्म पुगेको छ। अत्यधिक गर्मीका कारण विराटनगरको जनजीवनसमेत प्रभावित भएको छ।

प्रकाशित: २० जेष्ठ २०८० ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App