coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महासंघलाई सक्रिय पत्रकारहरुको संस्था बनाउन चाहेका छौँ: अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघलाई सक्रिय पत्रकारहरुको संस्था बनाउन खोजेको बताएका छन्।

नेपाल पत्रकार महासंघ रौतहट शाखाद्वारा गरुडामा आयोजित मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार राससका अध्यक्ष धर्मेन्द्र झालाई हस्तान्तरण गर्दै पोखरेलले देशभर शुद्धिकरणको अभियान चलाइएको जानकारी गराएका हुन्।

कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले रौतहटको पत्रकारितामा मनोज चौधरीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै पुरस्कृत प्रतिभालाई बधाई दिएका छन्।

रौतहटका सक्रिय पत्रकार मनोज चौधरी कोरोनाको कारण देहान्त भएको थियो। चौधरीको निधन भएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्वास्थ्यको क्षेत्रमा कलम चलाउने एक सक्रिय पत्रकारलाई दिने गरी पत्रकारिता पुरस्कारको स्थापना गरेको हाे।

पुरस्कारको पहिलो संस्करण गोरखापत्रकर्मी तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाका संस्थापक अध्यक्ष कुमार विवेकनन्द मिश्रलाई प्रदान गरिएको थियो। पुरस्कारको राशि नगद पच्चीस हजार रुपैयाँ र सम्मान पत्र रहेको छ।

पुरस्कार ग्रहण गर्दै रासस अध्यक्ष झाले पत्रकारितालाई आचरणको रुपमा लिनुपर्ने बताएका छन्।शाखा अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रकाशित: २० जेष्ठ २०८० १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App