coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुनकोशीमा जीप खस्याेः सिटिइभिटीका सहसचिवसहित तीन जना बेपत्ता (अपडेट)

मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटि) को बा १ झ ७४६७ नम्बरको जीप काठमाण्डौबाट खोटाङ तर्फ जादै गरेको जिप सुनकोसीमा खसेको हाे।

चार जना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ बर्षिय कृष्ण चौधरी घाइते भएका छन्। भने सिटिइभिटि प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ बर्षिय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षिय यमप्रसाद भुर्तेल, र विद्युत प्रशिक्षक ३२ बर्षिय भानु पौडेल बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरी प्रमुख एसपी सिलवालले जनाए ।

प्रकाशित: १९ जेष्ठ २०८० ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App